२०८३ कार्तिक १८ गते बुधवार

तुलसीपुर चेम्वरद्धारा ११ घरपरिवारलाई राहात वितरण

तुलसीपुर, १३ असार । तुलसीपुर चेम्वर अफ कमर्सले अति विपन्न घरपरिवारलाई राहात वितरण गरेको छ । कोरोना माहामारीका कारण समस्यामा परेका तुलसीपुर ८ का ११ घर परिवारलाई चामल, तेल, दाल लगाएतका खाद्यन्न वितरण गरिएको तुलसीपुर चेम्वरका अध्या टोप बहादुर घर्तिले जानकारी दिनुभयो । मजदुरी गरी खाने बर्ग कोरोना माहामारीका कारण जारी लकडाउनमा समस्या परेको हुदा त्यस्ता घरपरिवारलाई राहात वितरण गरिएको उहाले बताउनुभयो । नेकपा एमालेका युवा नेता धर्मराज वलीको समन्वयमा राहत बितरण गरिएको हो ।।

माहामारीको समयमा कोहि पनि भोकै बस्न नपरोस भने आफुहरुले त्यस्ता व्यक्तिहरुको पहिचान गरी राहात वितरण गदै आएको उहाले बताउनुभयो । विगतको वर्षमा पनि अति विपन्न घरपरिवारलाई राहात वितरण गरेको बताउदै उहाले यस वर्ष पनि राहात वितरण कार्य गरेको उहाले बताउनु भयो । संकटको समयमा कुनै मानिस आपतविपतमा पर्दा सामाजिक संघसंस्थाले सहयोग गर्नु मानविय धर्म भएकाले आफुहरुले विगत देखीनै सामाजिक कार्य गदै आएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।