तुलसीपुर, ५ असार । दाङ वन प्राविधिक समाजले लकडाउनबाट प्राभावित विपन्न वर्गलाई खाद्यन्न सहयोग गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को टीकरीमा रहेका अति विपन्न ११ घर परिवारलाई खाद्यन्न सहयोग गरिएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिनुभयो ।
समाजका ओमकान्त भट्टराई, तुलसीराम वली, आशिष जिसी, सागर भण्डारी र गंगा कडेलको सहयोगमा प्रति घरपरिवार २५ किलाे चामल ,५ किलाे दाल,३ किलाे नुन र १ लिटर तेल राहत वितरण गरिएको हो ।
प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।