स्थानीय भाषा र संस्कृति संरक्षणमा जोड

तुलसीपुर, २ असार / तुलसीपुर क्षेत्रका आदीवासी जनजातिहरुले आफ्नो भाषा र संस्कृति संरक्षणमा जोडदिनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुर क्षेत्रमा छरिएर रहेका उनिहरुलाई बोलाएर राय र सुझाव संकलन गरिएको हो ।
सो अवसरमा सहभागीहरुले गुरुङ होमस्टे निर्माण, पञ्चेबाजा, भाषा, धार्म, संकृति, मठमन्दिर संरक्षणमा जोड दिएका थिए ।
त्यसैगरी उनिहरुले मर्चुङगा, बाँसुरी, झ्याली, सनाई, दमाह, टयामकली, नर्सिङा ढोल र लोक नृत्य तर्फ सोरठ्ठी, भूमे, घाटु नाँचको संरक्षणमा पनि जोडदिनु पर्ने उनिहरुले जोड दिए ।

सामाजिक विकास समितिका संयोजक कुमार लामीछानेको अध्यक्षतामा भएको छलफलमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया शर्मा, नेवार समाजका नरेशराज भण्डारी, बलभद्र कुसारी , मोहन गुरुङ, मानबहादुर गुरुङ, दलबहादुर गुरुङ, छोटीलाल चौधरी, पण्डित खगेन्द्र बस्याल लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया