आम नागरिकले बल्ल खोपको महत्व बुझे

तुलसीपुर, २८ जेठ । आज बाध्य भएर लेख्नै पर्ने भयो । पहिले कोरोना खोप लगाउन आउनुस् । तपाईहरुको लागि खोप आएको छ भन्दा विभिन्न बाहानामा लक्षित समुहका नागरिकहरुले आलटाल गरे । कसैले यो त परिक्षणमा आएको खोप हो भन्ने हल्ला चलाए । उतिबेला आम नागरिकलाई कोरोना खोप बारे कुरा बुझाउन हामीलाई समस्या भयो । अधिकांस नागरिकले उतिबेला कोरोना खोप लगाउन मान्नु भएन । सरकारले कोरोना विरुद्धको खोप प्राथमिकताको आधारमा दिने अभियान चलायो । त्यसमा सवैभन्दा पहिले स्वास्थ्यकर्मी ,चिकित्सक , सरसफाई कर्मचारी , शव व्यवस्थापनकर्मी, शब वाहन चालक लगाएत क्रमश जनप्रतिनिधि ,पत्रकार ,सुरक्षाकर्मी, ६५ वर्ष उमेर माथीका सवै नागरिकलाई समेत खोप अभियान सुरु भयो ।

तर अहिले पछिल्नो चरणमा सरकारले खोप आपुर्ति गर्न नसकेकै कारण लक्षित समुह ६२ देखी ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने अभियान सुरुवात गर्दा अन्य नागरिकलाई पनि खोप लगाउन तछाडमछाड गर्न भयो । अहिले पहिले नै लक्षित समूहमा परी छुट हुनु भएका व्यक्तिले पनि खोप लागि रोइलो गरीरहेका छन् । आफनो पालोमा व्यवास्था गर्नेहरु अहिले अरुको पालोमा खोप लगाउन देखीए । सरकारले तोकेको मापदण्डलाई उल्लङघन गरे । यद्यपी उनीहरुले पनि खोप लगाउन पाउनु हुदैन भन्न खोजेको पनि हाईन । तर सरकारले बनाएको नियमको पालना गर्नु प¥योनी ? त्यो देखीएन । आम नागरिकलाई कतिबेला खोप लगाउन पाए हुन्थ्यो भन्ने लागेको छ । ढिलाइ भए पनि सबैमा सचेतना आएकोमा धन्यावाद छ। कहीं कतै व्यवस्थापनमा,सूचना सम्प्रेषणमा कमी कमजोरी भयो होला त्यसैलाई समग्र स्वास्थ्यकर्मी माथि नै आरोप लगाउने काम नगरौं।महामारीको बेला दिन रात खटियका स्वास्थ्यकर्मी हरुको मनोबल गिराउने काम नगरौं।

सलाह सुझाव परामर्श सहित अगाडि बढौ,आफूले नपाउँदा विरोध ,अरूले पाउँदा नीति नियम भएन भनेर भन्न मिल्दैन ।त्यसैले जुन लक्षित समूहको लागि खोप आएको छ।त्यही समूहको लागि मात्र खोप लगाउने वातावरण मिलाउन सम्पूर्ण महानुभावहरुमा अनुरोध छ। पालो अनुसार सबैले खोप पाउनु पर्छ भन्ने हामी सबैको मान्यता हो ।लक्षित समुह सकिए पछि बढी जोखिममा रहेर काम गर्ने व्यक्ति समुहको लागि योजना बनाऊ । अनावश्यक रूपमा स्वास्थ्य कर्मीहरुलाई मेरो श्रीमती ,बुवा आमा सासु ससुरा,मेरो नजिकको काम लाग्ने मान्छे भनी दबाब सिर्जना गरी खोप लगाउन बाध्य पार्ने काम नगरौ,सबैमा विनम्र अनुरोध छ।ख्याल गरौं,स्वास्थ्य सुरक्षा मापदण्ड नै कोरोनाबाट बच्ने उपाय हो,आफ्नो स्वास्थ्य मापदण्ड आफैले बनाउने हो ।
धन्यबाद ।

लेखक : बिमल केसी (तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया