अभियान्ता जेठुकान्छुको अर्को अभियान :अक्सिजन पछि अब भोको पेट भर्ने

 तुलसीपुर, २७ जेठ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै दाङको तुलसीपुर सहित जिल्लाभर कोरोना संक्रमितहरुका लागी आबश्यक पर्ने अक्सिजन सिलिण्डर कुनै समय हाहाकार भयो ।जतिबेला संक्रमणको दर उच्च थियो । कोरोना संक्रमितका गम्भिर बिरामीहरुलाई बचाउनका लागी चाहिने अक्सिजन जुटाउन तुलसीपुरका सामाजिक अभियान्ता पदम पोख्रेल(जेठुकान्छु)ले मेरो अक्सिजनका लागी मेरो एक हजार रुपैया अभियान संचालन गर्नुभयो ।

अक्सिजन नपाएर छटपटाएका बिरामीका लागी उहा रातदिन खटिनु भयो ।कोरोना माहामारीको बढ्दो संक्रमणको कुनै प्रवाह नगरी उहाले अभियान तिव्र गतिमा चलाउनु भयो ।उहाले आफनो स्वास्थ्य जोखिममा राखेर भएपनि अरुको जिवन बचाउनका लागी अथक मेहेनत गर्नु भयो ।आपतविपतमा सेवा गर्नु मानिवय धर्म हो भन्ने उद्देश्यका उहाले चलाएको अभियानले धेरैको जिवन समेत जोगियो ।

जसले गर्दा अहिले जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा केहि कमी आएको छ भने अक्सिजन सिलीण्डर आपुर्ति समेत सहज बनेको छ ।अहिले फेरी उहाले अर्को अभियानको सुरुवात गर्नु भएको छ । कोरोना माहामारीका कारण जिल्लामा बन्दाबन्दी हुदा कोहि पनि भोक भोकै बस्न नपरोस् भन्ने मान्यताका साथ अहिले फेरी भोको पेटका लागी राहात अभियान संचालन गरेको अभियान संचालन गरेको सामाजिक अभियान्ता जेठुकान्छुले बताउनु भएको छ ।

विगतमा तुलसीपुरमा मेरो अक्सिजनका लागी मेरो एक हजार रुपैया अभियान संचालन गरे, त्यसमा धेरै सहयोगदाताले सहयोग गर्नुभयो उहाले भन्नुभयो, अहिले फेरी भोको पेटका लागी राहात भन्ने अभियान सुरु गरेको छु । सुरुवातकै चरणमा तुलसीपुर ५ का २५ घरपरिवारलाई राहात वितरण गरिएको उहाले बताउनु भएको छ ।कोरोना प्रभावित अति विपन्न तथा असाहाय घरपरिवारलाई २५ केजी चामल, १ केजी दाल, १ लिटर खानेतेल, १ प्याकेट नुन वितरण गरिएको उहाले जानकारी दिनुभयो । कोरोना माहामारीका कारण उत्पन्न भएको संकटमा सेवा गर्नु नै धर्म भएको उहाले बताउनुभयो ।

कुनै मानव संकटमा परेको बेला अर्को सचेत मानवले सेवा गर्नु पुण्य कार्य हो उहाले भन्नुभयो, यसमा मेरो कुनै स्वास्थ्र्य छैन । समाज सेवा गर्छु भन्नेहरुका लागी यो ठुलो अवसर भएकाले संकटको समयमा सहयोग गर्नु सबैको दायीत्व भएको उहाको भनाई छ । साथै उहाले यस सामाजिक कार्यमा सहयोग गर्न चाहाने दाताहरुलाई सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ । यस्तैगरी यस माहामारीको समयमा घरमा खाने खर्च नभएका व्यक्ति र जुटाउन समस्या भएका व्यक्तिहरुले सम्पर्क गर्न पनि उहाले आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया