३२ हजार मेट्रिक टन मल नेपाल आयो

काठमान्डौ , २६ जेठ । बंगलादेबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । जिटुजी मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार सो परिमाणको युरिया मल बिरगंजमा आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बंगलादे सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । जसमध्य बाँकी १७ हजार ५ सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको प्रादेशिक कार्यालय वीरगंजका प्रवन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छ ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रवन्धक केसीले कताउनुभयो । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बंगलादेबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया