काठमाडौं, ९ जेठ । पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । विवाह नगरी बसेका महिलाले पनि ४० वर्ष कटेपछि भत्ता पाउनेछन् ।
तर, ४० वर्ष कट्दैमा सबैले भत्ता पाउने छैनन् । सरकारले तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका महिलाले मात्र एकल महिला भत्ता पाउनेछन् । सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । ६० वर्ष नाघेका एकल महिला भने सबैले भत्ता पाउने व्यवस्था कायमै छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार अनुसार विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलाले एकल महिला भत्ता पाउनेछन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।