संक्रमितको भोगाई : आत्ममनोबल र हौसला नै चाहिन्छ

तुलसीपुर, ७ जेठ । कोरोना माहामारी सुरु भएसंगै हाल सम्म देशभर झन्डै पाँच लाख नागरिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये झन्डै पौने चार लाख संक्रमित हाल कोरोनामुक्त भईसकेका छन् भने पाँच हजार बढि संक्रमितको निधन भएको छ । यो माहामारीका कारण देशभरका नागरिक आक्रान्त बनेका छन । संक्रमण भएकाहरुलाई कसरी निको हुने भन्ने चिन्ता छ भने संक्रमण नभएकालाई लाग्छकी भन्ने चिन्ता र त्रास छ ।

तर नेपालमा कोरोना संक्रमण भएका मध्ये धेरै जसोले जितेका छन् अर्थात निको भएका छन् । जसले गर्दा डराउनु पर्ने अवस्था छैन । संक्रमणबाट मुक्त भएका थुप्रै उदाहरणहरु छन् । यसै क्रममा हामीले संक्रमणबाट भरखरै मुक्त हुनु भएका पत्रकार तथा रेडियो प्रकृति एफएमका सम्पादक बसन्त परियारको अनुभवलाई समेटेका छौ ।

प्रस्तुत छ उहाको अनुभव ….
२०७८ बैशाख १९ गते विहान म कार्यरत रेडियो प्रकृतीको डिउटी सकेर घर आए । दिउँसो शरीर कटकटी खाएको अनुभव भयो । अर्को दिन विहान रेडियो गएन म । सहकर्मि लक्ष्मण विश्वकर्मालाई फोन गरेर भने एक्लै हेर्नुस,मलाई विसन्चो जस्तो छ । तीन दिन सम्म त घरबाटै समाचार पढे । हल्का ज्वरो पनि आउला जस्तो भयो । मेडिकलबाट डि कोल्ड ल्याएर खादापनि केहि फरक भएन । त्यसपछि पिसीआर परीक्षणको लागि बैशाख २१ गते राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेर नमुना स्वाव दिए । म ढुक्क थिए की कोरोना छैन होला भनेर तर अर्को दिन रिर्पोट पोजेटिभ आयो ।

मनोवल उच्च राख्नुपर्छ भनेर भन्ने गरिन्छ यद्यपी मन कमजोर चाहि बन्दो रहेछ । अरु धेरै समस्या थिएन तै पनि कमजोर भएको महशुस भयो । साझ कोरोना संक्रमित अग्रज दाजु संगित बस्यालले भिडियो कल गर्नुभयो । उहालाई अलि गाह्रो भएको देखे मैले । आफुलाई गाह्रो भएर आराम गरिहरनुभएका उहाले मलाई ठीक हुन्छ भनेर आत्मबल बढाउनु भयो । केहि दिन अप्ठेरो होला नआत्तिनु भनेर भन्नुभयो । कोरोना संक्रमित साथी डिआरएनबाट पनि थप हौसला पाए । तर त्यो रात काट्न मलाई मुस्कील भयो । शरीर कटकटी खानु र शरीर कमजोर भएको महशुस बाहेक अन्य कुनै समस्या थिएन मलाई । तै पनि दिनहु जसो संक्रमितको मृत्यु देखेर धेरै सोच्न पुगे । लाग्न थाल्यो अव मैले देखेका सपनाहरु पुरा हुदैनन होला ।

मनले केहि गरौ भनेर भनेपनि पछि गरौंला भन्दै थाति राखेका रहर अब यत्तिकै सकिने भए भनेर ।तथा पि समय कटाउनलाई सामाजिक संजाल खोलेपछि बेडको अभावमा संक्रमित छटपटाउदै, कतै अक्सीजन नपाएर विरामी छटपटाएर मरेको, एकै दिन यति मरे, यी र यस्तै समाचारबाट झन पिडा हुन थाल्यो । त्यसपछि मोवाईलबाट फेसबुक नै फाले । तरपनि मनमा कसैलाई के भयो भनेर मनमा कुराहरु खेलर हन्थ्यो ।

त्यसपछि युट्युब भिडीयोहरु हेरे, मोवाईलमा गेम कहिल्यै नखल्ने म लुडो लगायतका गेमहरु खेले । केहि नयाँ कलाको विकास पनि गरेको छु । युट्युब हेरेर फोटोसपमा केहि डिजाईन गर्न पनि सिके । यसरी नै आईसोलेसनका दिनहरु विताए ।होम आईसोलेसनमा बस्दाखेरीकोरोना लागेपछि सुरुमा अब मलाई के हुन्छ होला भन्ने लाग्यो तर विस्तारै आत्मबल बढाए ।
पोषिलो खानेकुराहरु मासु, गेडागुडी,दालको झोलहरु,फलफुल र अण्डा खाए ।फेसबुक र समाचार हेर्न छाडे, युट्युबमा गितहरु हेरे, फुटवल, क्रिकेट हेरेर समय विताए ।सधै विहान र बेलुका बाहिर निस्कन्थ्ये र सकेजति ब्यायाम गरे ।यसरी दिनहरु वित्दैजादा केहि सहज पनि हुदै गयो । होम आईसोलेसनमा बसेको १६ दिनमा पिसीआरको लागि जेठ ५ गते अरनिको मैदानमा गई स्वाव दिई जेठ ६ गते रिर्पोट नेगेटिभ आयो । अहिले म ठिक छु । यो विचमा मेरो श्वास्थ्य अवस्थाबारे बारम्बार फोन गरेर सम्झने म कार्यरत संस्थाका प्रमुख, मेरा बाआमा, श्वास्थ्यकर्मि, अग्रज,शाथीभाई लगायत सबै धन्यवादको पात्र हुनुहुन्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया