२०८३ जेष्ठ २५ गते सोमवार

अवैध नदिजन्य पदार्थ उत्खनन गर्ने ९ गाडी प्रहरीको नियन्त्रणमा, पाँच लाख बढि जरिवाना

फोटो फाईल

दाङ, २५ जेठ । दाङका विभिन्न खोला तथा नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न भएका गाडीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज सोमवार विभिन्न स्थानबाट अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) ओसारपसार कार्यमा संलग्न ३ स्काभेटर (जेसिबि), २ वटा टिप्पर र ४ वटा टेक्टर गरी ९ वटा गाडीलाई नियन्त्रणमा लिएर कारवाही भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी तथा डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रहरीले नियन्त्रणमा लिएका गाडीहरुलाई कारवाहीका लागी सम्वन्धित निकायमा पठाएको र ५ लाख १५ हजार जरिवाना गरी छाडिएको छ । प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसारलाई नियन्त्रण गर्न अभियानहरु संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया