२०८३ जेष्ठ २५ गते सोमवार

एसियन गेम्स छनोटमा नेपालले हङकङलाई हरायो

फोटो फाईल

काठमाण्डौ, २५ जेठ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११।३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।

त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्‍यो । नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो । यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो ।अंशुमन राथ र शाहिद वासिफले शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ । नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया