तुलसीपुर, ३ जेठ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले वडा सदस्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार शोक वक्तव्य जारी गर्दै नगर प्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिका–१३ का वडा सदस्य केशरलाल चौधरीको निधनले सिंगो तुलसीपुर उपमहानगरपालिका स्तब्ध दुःखी भएको बताउनुभएको छ ।
नगर प्रमुख पाण्डेद्धारा जारी शोक वक्तव्य स्वर्गीय चौधरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछु विज्ञप्तीमा उल्लेख छ । जन्डिस रोगबाट पिडित चौधरीको आइतबार राति पौने १२ बजे मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।