नारायणपुर २, जेठ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको बेला बिरामीलाई सहजता दिलाउन नारायणपुर उद्योग वाणिज्य संघले अटो एम्बुलेन्स सेवा सुचारू गरेको छ ।
सङ्क्रमण बढ्दै जाँदा जेठ १ गतेदेखि नारायणपुर बजार पूर्ण रूपमा सिल गरिएको छ । कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि संघले अटो एम्बुलेन्स सुरू गरेको संघका अध्यक्ष अभियान बस्नेतले बताउनुभयाे । अध्यक्ष बस्नेतले भन्नुभयाे, निषेधाज्ञाको बेला र सङ्क्रमित एवम् सम्भावितको पिसिआर जाँचका लागि यातायातको समस्या भएको र प्रशस्त मात्रामा एम्बुलेन्स उपलब्ध नभएका कारण अटो एम्बुलेन्स सुरू गरेका हौँ ।
अहिले ५ वटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अटो एम्बुलेन्सले सङ्क्रमितलाई अस्पतालमा पु¥याउने र सम्भावितलाई पिसिआर चेकजाँचका लागि ओसारपसार गर्नेछन् । संघले अटो चालकको ५ लाखको विमा गरिदिएको छ । उनीहरूलाई स्वास्थ्य सामग्री तथा पिपिइ सेट उपलब्ध गराएको छ । अटो व्यवस्थापनको लागि संघका वाणिज्य उपाध्यक्ष तिलक महारालाई जिम्मेवारी दिइएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।