पिडित, पिडित नै हो

दाङ, २५ बैशाख ।
गएको बैशाख १८ गते साँझा तुलसीपुर ६ स्याउली बजार नजिकै पार्किङ गरी राखेको भारतिय नम्वर प्लेट भएको कार भित्र मृत भेटिएका तिन जना बालकको घटना रहस्यमय छ । त्यो कुरा सवैलाई थाहा भएकै कुरा हो । या उनीहरुको हत्या भएको वा मृत्यु नै भएको हो त्यो भने अनुसन्धानबाट पुष्टि हुन बाँकी नै छ । तर पिडित पक्षले बालकहरुको हत्या नै भएको दावी गदै आएका छन् ।उनीहरुले सत्यतथ्य छानविन गरी दोषी पत्ता लगाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग गदै सातौँ दिन सम्म शव बुझन मानेका छैनन । यद्यपी मृतक तिन जना बालकका आफन्तीले न्याय पाउनु पर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ ।

तर युट्युववालाहरुले पिडित पक्षको विभिन्न एङगलबाट अन्र्तवार्ता सार्वजनिक गर्दा कुनै अन्तवार्ताले आफुलाई थप पिडा दिने काम गरेको पिडित पक्षले बताउने गरेका छन् । युट्युववालाले खै कसरी त्यस्तो किसीमको प्रचार गरे त्यो उनीहरुले बुझने कुरा हो ।खासगरी युट्युववाला साथीहरुले के बुझनु प¥यो भने पिडित पक्ष आज पनि पिडित छ भोलीका दिनमा पिडित नै हो । तर पक्राउ परेका गाडी धनी र चालक आज दोषीको आरोप लागे पनि भोली निर्दोष हुन सक्नुहुन्छ वा आज निर्दोष हुन खोजेपनि भोलीका दिनमा दोषी ठहर हुन पनि सक्नुहुन्छ ।

त्यसकारण आरोपीतलाई बल पुग्ने गरी उनीहरुका आफन्तीहरुको अन्र्तवार्ता लिएर पिडितलाई झनै पिडित बनाउने काम नगरौ । कुनै पनि घटना सानो र ठुलो हुदैन ,घटना फरक भएपनि पिडा उस्तै हुने गर्दछ । तर यो घटना निकै दुःखद  र पिडादायी घटना हो । अबोध तिन जना बालक यसरी मृत भेटिदा जो सुकैलाई मन थाम्न गाह्रो हुन्छ । यस्तो बेलामा आरोपीतहरुलाई बल पु¥याउने काम कसैले नगरौ ।घटनाको अनुसन्धान जारी छ । बरु अनुसन्धानमा थप सहयोग गरौ । पिडितलाई न्याय दिलाउन र दोषीको पहिचान गरी कारवाही गराउन सवैले हातेमालो गरौ ।

यति भनिरहदा खेरी आरोपितहरुको कुनै अन्र्तवार्ता वा कुरा गर्नै नहुने भन्न खोजेको पनि होईन । तर अनुसन्धान भईरहेको बेला जथाभावी अन्र्तवार्ता युट्युवमा हाल्दा यसबाट कसलाई फाईदा र बेफाईदा हुन्छ भन्ने कुरालाई गहिरो गरी सोचौ । त्यसैले अनुसन्धान भईरहेको कुरालाई यो दोषी होईन अथवा अरु केहि हाईन भन्ने जस्ता आशयहरु सार्वजनिक नगरौ ।गरेपनि यसले पिडित पक्षलाई के असर गर्दछ भनेर सोचौँ अनि मात्रै सार्वजनिक गरौँ । पिडित आज पनि पिडित हो भोली पनि पिडित नै हुन्छ । उसको पिडा बाँचुल्जेल सम्म विर्सदैन तर आरोपित भोली निर्दोष पनि हुन सक्छ वा दोषी ठहर पनि हुन सक्छ । त्यसकारण घटनाको अनुसन्धान नसकिदा सम्म हामी पिडित पक्षलाई साथ दिने गरौ । ताकि हामीले प्रचार गर्ने सामग्रीले पिडितलाई न्याय दिलाउन र निर्दोषलाई जोगाउन तथा दोषीलाई कारवाही गराउन मदत पुगोस ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया