दाङ, १० असार । सल्यानको बागचौर नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६ औँ नगरसभा अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख जनकराज गौतमले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो। नगर प्रमुख गौतमले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखीएको छ ।
यस्तै खानेपानी, सरसफाइ, रोजगार तथा सामाजिक विकासका क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिईएको छ । सभामा नगरप्रमुख गौतमले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । यस्तै सभामा आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिएको छ ।
नगर प्रमुख गौतमले आगामी आर्थिक वर्षको चालु तर्फ रु ५३ करोड ९८ लाख ९२ हजार ३ सय र पुँजीगत तर्फ २३ करोड २४ लाख ८३ हजार तिस गरी जम्मा कुल ७७ करोड २३ लाख ७५ हजार ३ तिस रुपैयाको बजेट प्रस्तुत गर्नुभएको थियो । साथै उपप्रमुख सुम्निमा वली डिसीले आगामी आर्थिक वर्षको बजेटको विस्तृत विवरण सभाको अर्को बैठकमा प्रस्तुत गर्ने तय भएको सुचना अधिकारी हरि बहादुर कठायतले जानकारी दिनुभयो ।






