२०८३ कार्तिक ११ गते बुधवार

रोल्पामा असिना पानीले किसानको तरकारी खेतीमा ठुलो क्षति

रोल्पा १७ बैशाख ।विहिबार पानीसंगै परेको असिनाले रोल्पाको दक्षिणी भेग रुन्टीगढी गाउँपालिका वडा नं ६ का किसानहरुले लगाएको तरकारी खेतीमा धेरै क्षति पुगेको छ ।वडाको सापडाँँडा,छाप,झालवन,ओखरपाटा,बोरिबाङका करिब ७० घरधुरीले लगाएको करोडौँ मुल्यको टमाटर, खुर्सानी,गोभी,सीमी लगायतका तरकारी असिनापानीले सखाप बनाएपछि किसानहरु अहिले चिन्तित बनेका छन् ।

विहिवार असिना पानीले तरकारी खेतीमा क्षति पु¥याएपछि शुक्रबार विहान छापमा किसानहरु भेला भएर अब के गर्ने कसलाई भन्ने बारेमा छलफल समेत गरेका छन् । उनीहरुले स्थानिय सरकारले केहि राहात तथा क्षतिपुर्ति दिनुपर्ने बताउँछन् ।आफुहरुले लगाएको तरकारी खेतीमा असिना पानीले ठुलो क्षति पु¥याएपछि स्थानिय सरकार संग क्षति पुर्ति माग गर्ने उनीहरुको योजना छ । जय बहादुर बस्नेतले स्थानिय सरकारले आफुहरुको क्षति भएको बारे केहि राहात दिनुपर्ने बताउँनुहुन्छ ।

गएको वर्ष टमाटरले राम्रो मुल्य पाएपछि यस वर्ष धेरै आम्दानी गर्ने लक्ष्य राखेका त्यहाका किसानहरु अहिले असिना पानीले धेरै क्षति पु¥याएपछि चिन्तामा परेका छन् । बोरिवाङका किसान पल बहादुर बस्नेतको मात्र करिब पाचँ हजार टमाटर बोट , पन्ध्र सय खुर्सानीका बोट असिनाले नष्ट गरेको बताउनु हुन्छ । असिना पानीले तरकारी खेती सखाप भएपछि लगानी चौपट भएको उहाले बताउनुभयो ।

गएको वर्ष १५ लाख बराबरको टमाटर बेचेका झालबनका किसान वीर बहादुर चलाउनेलाई यसवर्ष खेती चौपट भएकोमा ठुलो  चिन्ता छ । उहा भन्नुहुन्छ गएको वर्ष १ लाख ९२ हजारको एग्रोभेटबाट बीउ र औषधी लिएको थिए, खर्च कटाएर थोरै बचत हुन्छ भन्ने आसा थियो तर यसवर्ष असिनाले सबै चौपट बनायो ।अर्का किसान जित बहादुर रावतले यसवर्ष आफुहरुले लगाएको तरकारीले राम्रो भाउ पाउने आशा गरेको तर असिनाले सबै नोक्सान भएको बताउनुभयो । साथै उहाले स्थानिय सरकारले केहि दिन्छ की भन्ने आशावादी रहेको बताउनुभयो ।

छापका किसान शान्तराज रेउले पनि आफनो तरकारी खेतीमा असिना पानीले क्षति पु¥याएको बताउनु भयो । असिनाले चोट लागिसकेकोले दाग लागेर कुहिएर कुनै बोट काम नलाग्ने भएको उहाको भनाई छ । विदेशबाट फर्किएर स्वदेशमै केहि गरौ भनेर तरकारी खेती गरियो उहाले भन्नु भयो तर असिना पानीले गर्दा दुःख खेर गयो ।तरकारी खेतीको पकेट क्षेत्रका मानिएको त्यस क्षेत्रका किसानहरुले लगाएको तरकारी बालीमा एक्कासी असिना पानीले क्षति पु¥याएपछि किसानहरु अहिले निरास देखीएका छन् । कृषि पेशामा स्थानिय ९० प्रतिशत युवाहरु संलग्न भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।