२०८३ बैशाख ११ गते शुक्रवार

स्वास्थ्य सुरक्षामा ध्यान दिऔँ

कोरोना माहामारीको दोस्रो लहर सुरु भएको छ । यसको प्रभाव दाङमा पनि परेको छ । अझ विशेषगरी तुलसीपुर कोरोनाको हटस्पट बन्दै गएको छ ।तुलसीपुरमा दिनप्रतिदिन कोरोना संक्रमित थपिएका छन् । तुलसीपुरका संकास्पद नागरिकले कोरोना परिक्षण गर्दा अधिकांसमा संक्रमण पुष्टि भएको छ । विशेषगरी बैशाख सुरु भएसंगै तुलसीपुरमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।तुलसीपुर कोरोना माहामारीको अति प्रभावित सुचीमा परेको छ । त्यसकारण अहिले यस क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

विद्यालयमा समेत कोरोना जोखिम बढ्न थालेपछि तुलसीपुर क्षेत्रका सरकारी तथा निजि सवै शैक्षिकहरु बन्द भएका छन् ।दिनहुँ कोरोना संक्रमित थपिने र संक्रमितको निधन हुने क्रम बढेको हुदा कोरोना माहामारीबाट कसरी जोगिने भन्ने चिन्ता आम नागरिकमा छ ।कोरोना संक्रमण भईहाल्यो भने नत यसको औषधी उपचार हुन्छ ? कोरोनाबाट बच्नु भनेकै यस संक्रमणबाट सुरक्षित रहनु हो ।भनाइको मतलब संक्रमण हुनबाट बच्ने हो ।यसका लागी जथाभावी हिड्डुल नगर्ने, भिडभाडमा जानु परेमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्ने र पोषिलो आहारा खाने नै हो ।जसले शरीरलाई शक्ति प्रदान गर्दछ ।

यीनै कुरामा ध्यान दिन सकेमा कोरोनाबाट बच्न सकिने विश्वास रहन्छ । तर स्वास्थ्य सुरक्षाको मापदण्डलाई व्यवास्था गरे आफु र आफनो घरपरिवार तथा समाजलाई असर पर्दछ । यो कुनै अरु कसैले गरिदिएर हुने अवस्था छैन । सरकार,संघसंस्था वा कुनै कर्मचारीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्रै हुने छैन । यसबाट बच्न र बचाउनका लागी स्वयंम व्यक्ति जिम्मेवार बन्नु पर्दछ । त्यसपछि घरपरिवार, समाज जिम्मेवार र सचेत बन्न सके मात्रै कोरोना माहामारीबाट बच्न र बचाउन सकिन्छ । यस संक्रमणलाई सामान्य ठानेर लापरवाही गरेमा अझ भयावह हुने अवस्था नआउदा भन्न सकिन्न । यसका लागी सवै नागरिकले अनिवार्य रुपमा ईमानदारिताका साथ स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया