तुलसीपुर, ४ बैशाख । अपाङग समाज सुधार केन्द्र तुलसीपुरले फिजियो थेरापी सेन्टर सन्चालन गर्ने भएको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोग तथा केन्द्रको व्यवस्थापनमा चालु आर्थिक वर्षबाट थेरापी सेन्टर सन्चालन गर्ने तयारी गरेको केन्द्रका अध्यक्ष हुमाकान्त कडेलले जानकारी दिनु भएको छ ।विगत लामो समय देखी अपाङगता क्षेत्रमा काम गदै आएको केन्द्रले शारीरीक अपाङगता भएका व्यक्तिहरुको माग तथा आबश्यकतालाई मध्येनजर गदै थेरापी सेन्टर सन्चालनमा ल्याउन लागीएको अध्यक्ष कंडेलले जानकारी दिनु भएको छ ।
तुलसीपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाले शारीरीक रुपमा अपाङगता भएका व्यक्तिहरुका लागी फिजियो थेरापी सेन्टर यसै आर्थिक वर्षबाट सुरु गरिने जानकारी दिनु भएको छ ।यसका लागी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैया बजेट विनियोजन गरेको छ ।सोहि अनुसार केन्द्रको भवनमा वेड व्यवस्थापन सहित आबश्यक तयारी गरी एक स्वास्थ्यकर्मी र दुई कर्मचारीहरुको समेत व्यवस्थापन गर्ने अध्यक्ष कडेलले बताउनु भएको छ ।
अहिले एक वर्षका लागी सन्चालन गर्ने गरी तयारी भएको छ । तर उक्त बजेट प्रर्याप्त नभएपनि सेन्टर सन्चालनका लागी आफुहरुले काम सुरुवात गर्ने र थप आर्थिक व्यवस्थापनका लागी उपमहानगरपालिका सहित अन्य सहयोगदाताहरु संग अपिल गरिने उहाले बताउनु भएको छ ।थेरापी सन्चालन गर्नका लागी विभिन्न सामग्री आबश्यक पर्ने भएकाले सहयोग गर्न चाहाने ईच्छुक व्यक्तिलाई सक्दो सहयोग गरिदिन उहाले सवैमा अपिल समेत गर्नु भएको छ । सो अवसरमा मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुसील बस्नेतले सहज तरिकाले सेवा प्रवाह गर्न सुझाव दिनु भएको छ ।
जतिसक्यो छिटै थेरापी सन्चालन गर्न आग्रह गदै उहाले सेवाग्राहीलाई कुनै समस्या नहुने गरी सर्वसुलभ सेवा प्रवाह गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा केन्द्रका बरिष्ठ उपाध्यक्ष ईश्वरी खड्काले ईमानदारिताका साथ आफुहरुले सेवा प्रवाह गर्ने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव दोलक खत्रीले गर्नु भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।