राप्ती प्रादेशिक अस्पताललाई ‘रिफर सेन्टर’ नबनाउ

तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको घरमा बसीरहनु भएका गुञ्जमान गिरी बुधबार साँझपख एक्कासी चक्कर लागेर लड्नुभयो । उहाँलाई आफन्तको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइयो । सामान्य उपचारपछि उहाँलाई रेफर गरियो । डाक्टरले रिफर गरेपछि बस्नु पनि भएन । उहाँ ईमरजेन्सी वार्डबाट हिडेर गाडी चढ्ने ठाउँसम्म आफै हिडेर आउनु भयो ।

कहाँ जानलागेको घरमा होकि कहाँ भन्ने प्रश्नमा बिरामीले भन्नुभयो नेपालगञ्ज । बिरामी र आफन्तको कुरा बुझ्दा सकभर यही उपचार गरिदिए हुन्थ्यो भन्ने लागेको थियो । तर त्यहाँ उपचारको सम्भव भएन । त्यसपछि थप उपचारका लागि नेपालगञ्ज जानुभयो । उहाँको समस्या भनेको वान्ता गर्ने थियो । त्यसैगरी सवारी दुर्घटनामा परेर बुधबार दिउँसो रमेश डाँगीको दायाँ खुट्टाको पैतला फ्याक्चर भयो ।

उहाँलाई पनि व्यान्डेज गरेर नेपालगञ्ज रिफर गरियो । त्यसैगरी पुष १२ गते तुलसीपुर उपमहानगरपालिका– ११ निबासी सेती चौधरी सुत्केरी हुन राप्ती प्रादेशिक अस्पतालमा आउनुभयो । उहाँलाई पनि प्रेसर बढेकाले नेपालगञ्ज जान सुझाव दिइयो । आर्थिक अभाव कम्जोर भएकी सेति समयमा पैसा जुटाउन नसक्दा रिफर गरेको ५ घन्टापछि नेपालगञ्ज जानुभयो । यो उदाहरण मात्र हो । पछिल्लो समय सामान्य केशलाई पनि रिफर गर्ने गरेको व्यापक गुनासो छ । ६ सय वेडको बनाउने लक्ष्य लिएको अस्पताल हाल २ सय बेडको छ । जनशक्ति पनि त्यतिकै मात्रामा छन् । नजिकै करोडौ लगानिमा डाकटर बस्ने सुविधा सम्पन्न आवास छ ।

सरकारले चिकित्सकलाई नागरिकको उपचारमा जुट्न र छिटो छरितो सेवा प्रवाह गर्नका लागि नजिकै त्यो पनि अनकलमा डाक्टरलाई राखेको हुन्छ । तर डाक्टरलाई बोलाईदैन या आउँदैनन् । त्यो अनुसन्धानको पाटो भयो । पछिल्लो समय राप्ती प्रादेशिक अस्पतालबाट साविकको हेल्थपोष्ट जतिकै पनि उपचार सेवा नपाएको गुनासो छ । यसलाई जागिर खाने थलोका रुपमा भन्दा पनि मानविय सेवाको रुपमा पनि लिनुपर्छ । त्यतिकै तुलसीपुरबासीले अस्पताल निर्माणमा योगदान गरेका होइनन ।

प्राथमिक उपचार र डे«सीङ त अहिले वडावडामा रहेका स्वास्थ्य संस्थामा पनि गरिन्छ । अस्पतलाई साँच्चिकै अस्पताल जस्तो बनाउ । त्यसका लागि अस्पताल प्रशासन, अस्पताल विकास समिति, स्थानीय सरकार तथा निमयन गर्ने निकायले सजग र सचेत भएर अनुगमण गरी सर्वसुलभ सेवा प्रवाह गर्न अति आवश्यक छ ।

दाङ सहित सल्यान, रोल्पा र रुकुमबाट उपचार गर्न आएका बिरामीहरुलाई उपचार गर्ने थलोका रुपमा विकास गरौं । पैसा हुने त बाहिर जाला तर गरिब दुःखी कहाँ जाने ?जुन गरिबदुःखीले राप्ती प्रादेशिक अस्पताललाई वीर, टिचिङ हस्पिटल जस्तै ठूलो मानेर उपचार गर्न आउँछन् उनिहरुको साहारा बन्नु प¥यो कि परेन ? नकि रेफर सेन्टर ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया