सेवाको नाममा अपराध

तुलसीपुर, १४ चैत । अनाथ, असाहाय, साहाराविहिन जस्ता शब्दले निकै महत्व राख्दछ । यी शब्दको गहिराई अझ बढि छ । यस्ता खालका भावले धेरैलाई पिडा दिएको हुन्छ । जसको अभिभावक छैन, संरक्षक छैन , त्यस्ता साहारा बिहिन बनेका बालबालिकाहरुलाई साहारा दिनु मानविय सेवा नै धर्म हो । अनाथ, असाहाय बालबालिकाहरुलाई कतिपय सामाजिक संघसंस्था तथा व्यक्तिहरुले विगत देखी नै सहयोग तथा संरक्षण गदै आएका छन् । तर सेवा र सरक्षणको नाममा ती अनाथ बालिका माथी यौनजन्य हिंसा, बालक माथी श्रमशोषण जस्ता अपराधहरु भईरहेको घटनाहरु पनि बेलाबेलामा सुनिन्छ ।

यस्तै घटना भएको छ तुलसीपुर १८ बिजौरीमा रहेको असाहाय वाल विकास केन्द्र नेपालमा पनि । हुनत उक्त केन्द्रले अनाथ बालबालिकाहरुलाई सेवा र सहयोग नगरेको भन्न खोजिएको होईन । केन्द्रले अभिभावक नभएर साहारा बिहिन बनेका बालबालिकाहरुलाई पढ्न लेख्न र खान बस्न समेत दियो । अभिभावक र संरक्षक नहुदा भौतारिएका बालबालिकालाई खोजेर ल्याएर आश्रय दियो । लामो समय देखी उनीरुहलाई सेवा दिदै आएको थियो । तर सेवाको नाममा अपराध भयो । ती बालबालिकामाथि संस्थाका संचालकको कुदृष्टि लाग्यो ।

अर्थात संरक्षक नै भक्षक बन्न पुगे । क्षणिक स्वार्थका लागी संचालकले बालबालिकाको भविस्यमाथि ठुलो अपराध गरे । जब उनले बालिकाहरु माथी कुदृष्टि राखे । एउटा बालिकामाथि जघन्य अपराध गरेको आरोप सहित प्रहरी कार्यालयमा उजुरी समेत प¥यो । पिडित बालिका न्यायका लागी न्यायलयमा जानु पर्ने अवस्था भयो । त्यसपछि उक्त घटना सार्वजनिक भयो ।

 घटना सार्वजनिक भएपछि स्थानिय सरकारको अघुवाईमा त्यहाँका १५ जना बालबािलकालाइ अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । अहिले उक्त केन्द्रको बालबालिका बस्ने घर सुनसान बनेको छ । एउटा कुदष्टिले गर्दा बर्षौ देखी बसेका कलिका बालबालिकाहरू  घरबाट निस्कनु परेको छ । अब ति बालबािलकाकाे भविस्य के हुन्छ ?  भन्ने अन्यौलता छाएको छ । आफैले संरक्षण गरेर राखेका अनाथ बालिकामाथि नै अपराध गरेपछि यसको अहिले चौतर्फी  बिराेध समेत भईरहेको छ ।

यति मात्रै होईन समाज सेवाका नाममा अपराधका घटना हुन थालेपछि यस बारे एक खालको बहस सुरु भएको छ । अनाथ , असाहाय र साहारा बिहिनलाई जो सुकैले सहयोग र सेवा गर्दा निश्वार्थ भावना हुनु पर्दछ ।सामाजिक सेवा भनेकै मानविय सेवा भएकाले यसमा कुनै स्वार्थ लुकेको हुनु हुदैन । यसमा कुनै स्वार्थ, लोभ, डर,षड्यन्त, र त्रास लगाएतका कुनै पनि कुरा हुनु हुदैन । जुन नकारात्मक नभई सधै सकारात्मक हुनु पर्दछ । अनिमात्रै बास्तमै सामाजिक सेवा गरेको मानिने छ । आगामी दिनमा यस्ता अनाथलयहरुमा सरोकारवालाहरुले बेला बेलामा अनुगमन गरी निगरानी बढाउनु पर्ने अहिलेको घटनाले पाठ सिकाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया