प्राङगारिक मल बनाउन सिक्दै दंगीशरणका किसान

तुलसीपुर, १८ फागुन ।  पश्चिम दाङको दंशगीशरणका किसानहरुले प्राङगारिक मल बनाउने तालिम लिएका छन् । प्राङगारिक खेतीलाई अबलम्वन गरौ,भावी सन्ततीको जिवन रक्षा गरौ भन्ने मुल नाराका साथ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत दंगीशरण ६ राजपुरमा प्राङगारिक मल तथा झोलमल निर्माण सम्वन्धी दुई दिने तालिममा स्थानिय किसानहरुले प्राङगारिक मल बनाउने सिप सिकेका छन् ।

तालिममा सहभागि टोपा वलीले प्राङगारिक तथा जैविक मल उत्पादन गर्न सकेमा तरकारी खेतीको लागी उपयुक्त हुने र मानव स्वास्थ्यका लागी पनि फाईदा हुने बताउनु भयो । रासायिनिक मल तथा किटनाशक औषधी प्रयोगले कृषि तथा मानव स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताउनु भयो ।

तालिममा स्थानिय स्तरमा पाईने तितो, पिरो, ट¥यो र अमिलो खालका बनस्पतिबाट झोलमल तयार गर्न सकिने बारे जानकारी दिईएको दंगिशरण गाउँपालिका कृषि शाखाका आसीस बिसीले जानकारी दिनुभयो । उहाका अनुसार स्थानिय स्तरमै पाईने २३ प्रजातीका रुख विरुवाबाट झोलमल सजिलै उत्पादन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया