गेहेन्द्र लाई आईफोन वालिले हैरान बनाएपछि

तुलसीपुर,२७ असार ।
सानै उमेर देखी गायन ,नृत्य ,अभिनय र बिभिन्न कार्यक्रमको सञ्चालन गर्ने सौख राख्ने दङ्गाली ठिटो गेहेन्द्र खड्कालाई बिदेशी भुमिमा कर्म गर्दा पनी आफ्नो मनको चाहना मरेको छैन । नेपाल रहदा कुशल रेडियो कार्यक्रम सञ्चालक र बिभिन्न रेडियोमा रहेर कुशलता पुर्बक प्राबिधिक अनुभब बटुलेका खड्का यतीबेला खाडीमुलुकमा आफ्नो भबिस्य खोजिरहेका छन ।

दाङमा रहदा कुशल रेडियो कार्यक्रम प्रस्तोता, काम गर्ने रेडियोहरुमा बिभिन्न सिपले अरु भन्दा अब्बल प्राबिधिक ठानिएका गेहेन्द्र जिल्लामा हुने बिभिन्न साँगीतीक कार्यक्रमहरुको सञ्चालन गर्न आयोजकको नजरमा समेत पर्ने गर्दथे । कारण थियो उनमा रहेको बिभिन्न बिधाको अब्बल कला जुन उनको लागी गहना जस्तै थियो ।

रेडियो कार्यक्रम सञ्चालक र रेडियो प्राबिधिक सँगै जिल्लामा हुने बिभिन्न साँगीतीक कार्यक्रमहरुको सहजिकरणको जिम्मेवारी पाउनु बाहेक उनमा एउटा क्षमता थियो गाउन सक्ने खुबी उनले नेपालमा रहदा त्यो खुबी माँया जस्ती कोही लाग्दैन बोलको गित मार्फत देखाए अनि शुरु भयो उनको गायन यात्रा ।

“तर आँफुले रोजेको र खोजेको मात्र कहाँ पुग्छ र । स्वदेशमै अझ भनौ जिल्लामै रहेर सँर्घष गर्ने चाहना हुँदा हुँदै आफ्नो भबिस्यको लागी भन्दै बिदेशी भुमिमा कामको लागी हुँईकिए “, उनि भन्छन । हाल बिदेशमा रहदा आफुलाई सोचे जस्तो काम मिलेको र त्यसकै कारण आफुमा बिभिन्न क्षमता रहदा रहदै पनि आफुले गीत सँगीतलाई भुल्न नसकेको उनले बताए ।खासगरी आधुनिक र लोक गीत आफुलाई दुबै गाउन मन पर्ने भएपनी लोक गित गाउदा अफुलाई मजा बेग्लै आउने उनले बताए ।

दाङको गोल्टाकुरीमा जन्मेका खड्काले भने आफु खाडि मुलुकमा भएपनी आफ्नो मनको चाहनालाई मर्न नदिने बताए । यसकै उदाहरण स्वरुप हाल उनले बजारमा भिडियो सहितको गीत सार्वजनिक गरेका छन,आइफोन वालिले जस्मा उनलाइ गायीका सपना जिसीले साथ दिएकी छन भने गोविन्द मधुर आचार्यले लय निर्माण गरेका छन । त्यस्तै धु्रव कुवँरको शब्दमा आशिस म्युजीक कम्पनिले यो गित बजारमा ल्याएको छ ।

बजारमा आएको केहिदिनमै लाखौले गितलाई मन पाराईदिएपछी आफु बिदेशी भुमिमा रहेर पनी खुसी साटिरहेको उनले बताए । आइफोन वालिले बोलको गित युट्युवमा राखेको केहि दिनमै झण्डैै पौने दुई लाख भ्युअर्स पुग्न थालीसकेका छन । एफ एम रेडियोहरुमा समेत यो गित खुबै स्थान पाइएको छ , बिभिन्न व्यक्तीहरुको मन —मनमा समेत आईफोन वालिले बोलको गित यतिबेला खुबै गुन्जन थालेको छ ।

यो गित बजारमा आए पछि स्रोता दर्शकले देखायको माँया र सद्भाव देखेर हौसियका खड्काले हामीसंग भने,’ निकट भविस्यमै फेरि अर्को गित निकाल्ने तयारी गरेको छु ।’ केहि बर्ष बिदेशमा रहे पनी नेपाली गित संगीतलाई माया गरीरहने र स्वदेश फर्केपछि आँफु यसै क्षेत्रमा निरन्तर लाग्ने चाहना रहेको उनले हामीलाई बताएका छन ।

प्रकाशित मिति : २०७४ असार २७ गते मङ्गलवार
प्रतिक्रिया