तुलसीपुरको मेयर र उपमेरमा एमाले विजयी

तुलसीपुर,२२ असार ।

तुलसीपुर उप महानगरपालिकाको नगर प्रमुखमा एमालेका युवा नेता घनश्याम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ३ हजार ९ सय ५४ मतको फराकिलो अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी हुनु भएको हो । पाण्डेलाई २२ हजार ८ सय ५७ मत प्राप्त हुँदा उहाँका प्रतिद्धन्दी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनु भएको थियो । २३ बर्षको कलिलो उमेरमा तत्कालीन तुलसीपुर नगरपालिकाको उपमेयर बन्नु भएका पाण्डेलाई २० बर्ष पछि पुनः तुलसीपुर उप महानगरपालिकाको बागडोर समहाने जनधीकार प्राप्त भएको छ ।
त्यसैगरी उप प्रमुखमा एमालेका माया आचार्य विजयी हुनुभएको छ । उहाँले ८ सय ५२ मतको अन्तरले कांग्रेसकी देविका नेपालीलाई पछि पार्दै जित हात पार्नु भएको हो । उहाको २१ हजार ३७ मत आउदा नेपालीको २० हजार १ सय ८५ मत आएको थियो । यसै विच एमालेले आज तुलसीपुरमा विजय जुलुस मनाउने तयारी गरेको छ ।

त्यसैगरी उप प्रमुखमा एमालेकि माया आचार्य विजयी हुनुभएको छ । उहाँले एक हजार मतले कांग्रेसकी देविका नेपालीलाई पछि पार्दै जित हात पार्नु भएको हो । विजय भएपनि निर्वाचन अधिकृतको कार्यालयले आज विहान सार्वजनिक गर्ने जनाएको छ । आज विहान दुई बजेतिर मत गणना सकिएको हो । विजय भएपछि पाण्डे लाई बधाई दिन दुई बजे नै नेता कार्यक्रता,सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७४ असार २२ गते बिहिवार
प्रतिक्रिया