२०८३ कार्तिक १८ गते बुधवार

मुख्यमन्त्री पोखरेलद्धारा माघीपर्वको शुभकामना

तुलसीपुर, १ माघ / लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलद्धारा जारी शुभकामना सन्देशमा समस्त दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंवउत्तरोत्तर प्रगतिकोे शुभकामना व्यक्त गर्दै पर्वले पारिवारिक मिलन,बन्धुत्व,एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएकोका बताएका छन् ।

‘मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढिरहेको छ । संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर पाएका छन् । नागरिकले अधिकारको व्यवहारिक अनुभूतिगर्न पाउँदानै लोकतान्त्रिक शासन प्रणालीप्रति अपनत्वअझ बढेको छ ’ शुभकामना सन्देशमा भनिएको छ ।’

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।