तुलसीपुर, १ माघ / तुलसीपुरमा उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले माघी पर्वको अवसरमा सम्पूर्ण नगरबासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
‘नेपाली समाजमा विभिन्न जातजातिका विभिन्न खालका पर्वहरु विशेषरुपमा रहेका हुन्छन् । यो विविधता हाम्रो पहिचान र गौरब पनि हो । थारु र मगर जातिका लागि माघी महत्वपूर्ण पर्व मानिन्छ । तुलसीपुर थारुजातिका लागि ऐतिहासिक नगर हो । थारुहरुका राजा दंगिशरणले राज्य गरेको ठाउँका रुपमा पनि यो निकै प्रख्यात रहेको छ । यस्ता पर्वहरुले विभिन्न जातजातिका धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने गर्दछन् ।’ नगर प्रमुख पाण्डेद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
तुलसीपुर नगर सबै जातजाति र सम्प्रदायको साझा चौतारी भएको बताउँदै विभिन्न परम्परा र संस्कृति र पर्वले नै सबैका विचमा आपसी एकता र सद्भावको भावना वलियो हुने नगरप्रमुख पाण्डेले बताएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।