अटो रिक्सा व्यवसायीहरुलाई ट्राफिक नियमबारे प्रशिक्षण दिदै

तुलसीपुर, २९ पुष । तुलसीपुर बजार क्षेत्रमा अटो रिक्साहरुको लापरबाही बढेपछि ट्राफिक प्रहरीले कारवाही अघि बढाएको छ । ट्राफिक नियम विपरित अटो रिक्सा चलाउने र दुर्घटना हुने जोखिम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गर्नुको साथै अटो रिक्सा चालक तथा व्यावसायीहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिदै आएको छ ।

यसै क्रममा बुधवार सल्यानरोड स्थित टेक्सीपार्कमा अटो रिक्सा व्यावसायीहरुलाई भेला गराई अनिवार्य लाईसेन्स र कागजपत्र साथमा हुनुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने सुझाव दिईएको छ । यदी आफुहरुको सुझाव र आग्रहलाई व्यवास्था गरे ट्राफिक प्रहरीले अझ कडा कदम चाल्ने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले चेतावनी दिएका छन् ।

उनले सवैले अनिवार्य रुपमा अब देखी नियमको पालना गर्न आग्रह गरेका छन् । अटेरी गरेमा कडा कारवाही गर्ने उनको चेतावनी थियो । पछिल्नो समय दिनप्रतिदिन अटो रिक्सा दुर्घटना हुन थालेपछि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया