सूर्य ज्योतिको दशौ बार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर, २५ पुस । सूर्य ज्योति कृषि सहकारी संस्थाको दशौ बार्षिक साधारण सभा तुलसीपुर–८ अश्वारामा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने सहभागीले सहकारीको माध्यम मार्फत मुलूकमा आर्थिक परिवर्तन ल्याउन सकिने भएकाले सहकारीमा गोलवन्द हुनुको विकल्प नभएको बताएका थिए ।

सो अवसरमा संस्थाका सचिव छविराज गिरीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमर बहादुर भण्डारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा फलफुल तर्फ उत्कृष्ट किसान झग्गु साहु, तरकारी तर्फ चन्द्रा खड्का, जेष्ठ शेयर सदस्य जया घर्ती र डिल्लीराज न्यौपानेलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष गोरख बहादुर खड्काको अध्यक्षतमा भएको साधरणसभामा प्रमुख अतिथि अमृतपुर सहकारी संस्थाका अध्यक्ष टेकनाथ योगी, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कोषाध्यक्ष महेन्द्र चौधरी, संस्थाका सल्लाहाकार द्धोय टोपबहादुर रोका, धनीराम रोका, शेयर सदस्य भिमकान्त आचार्य लगाएतले आ–आफ्ना धाराणा राखेका थिए ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया