२०८३ कार्तिक १८ गते बुधवार

‘चुनौति बावजुद पनि स्वस्थ खानेपानी आपुर्ति गर्न संस्था सफल’

दाङ, २४ पुस / लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले स्वास्थ्यका लागि भएपनी शुद्ध खानेपानीको स्रोतको बन्दोबस्त गर्न अनिवार्य रहेको बताए । दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औँ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधान गर्दै प्रदेशसभा सदस्य शर्माले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर्नबाट कोही पनि नागरिक छुट्नुनपर्ने उनकाे भनाइ छ । उनले भने ,–। ‘लमही बजारमा हुने पानीको चुहावट रोक्न संस्थाले नियमित अनुगमण गर्न आवश्यक रहेको छ । स्वच्छ खानेपानी आपुर्तिमा संस्था सफल भएको बताउँदै पाइप फुटेर चुहावट हुने समस्या रोक्न संस्था बलियो रुपमा प्रस्तुत हुनुपर्छ ।’ यस्तै कार्यक्रममा खानेपानी महासंघका उपाध्यक्ष तथा तुलसिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वलिले खानेपानी मुहानको संरक्षण गर्न बढ्दो चुरे पहाड दोहन रोक्न जरुरी रहेको बताए ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिरकरण संस्थाका सचिव सनमकुमार पौडेलले गरेका थिए भने संस्थाको प्रगति प्रतिवेदन सचिव सनमकुमार पौडेलले प्रस्तुत गर्नु गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।