तुलसीपुर, १८ पुस । दाङको तुलसीपुर स्थित गहतेमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । कुलोमा पानी लगाउन गएका स्थानीयले तुलसीपुर उपमहानगरपालिका–३ गहते निबासी ४५ बर्षका बम बहादुर घर्तीलाई दिउसो १ बजे कुलामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गाउँबाट घरमा जाँदै गरेका मृतक घर्ती सडकबाट खसेर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झल प्रसाद शर्माले जानकारी दिनुभयो ।
‘घटनाको प्रकृति हेर्दा सडकबाट करिब ३० मिटर तल खसेर मृत्यु भएको जस्तो देखिन्छ,’ प्रनि शर्माले भन्नुभयो–‘वास्तविकता पोष्टमार्टम रिपोर्ट पछि मात्रै खुल्ला । अनुसन्धान भइरहेको छ ।’
प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।