मेयरका उमेदवार पाण्डेले दिए मतदातालाई धन्यवाद

तुलसीपुर, असार १४ । तुलसीपुर उप महानगरपालिका एमालेका तर्फबाट मेयरका उम्मेदवार घनश्याम पाण्डेले वुधवार प्रेस विज्ञप्ती जारी गरेर मतदानलाई निष्पक्ष र धाँधली रहित वनाउन सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गरेका छन् । लोकतान्त्रिक पद्धतिमा जनताबाट अनुमोदित हुने एउटै उपाय निर्वाचन भएकाले यसको गरिमामा आँच आउन दिन नहुने समेत उनले विज्ञप्तीमा उल्लेख गरेका छन । ‘मतदानमा होमिएपछि जस्तो सुकै नतिजा पनि सहर्ष स्विकार गर्नेछौ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले मतदानमा सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी, मानव अधिकारकर्मी, पत्रकार सवैप्रति आभार प्रकट गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७४ असार १४ गते बुधवार
प्रतिक्रिया