२०८३ कार्तिक १८ गते बुधवार

संसद विघटनको विरोधमा तुलसीपुरमा विरोध प्रर्दशन

तुलसीपुर, ५पुस । संसद विघटनका विरुद्धमा मानवअधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले अप्रत्यासीत रुपमा प्रधानमन्त्री केपि शर्मा अलीले संविधान माथि कू गरेको बताएका छन् ।

पार्टीको आन्तरिक झगडालाई व्यवस्थापन गर्न नसकेको झोकमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई बर्बादीको खाडलमा लगेको उनिहरुको आरोप छ । प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र र संघीयता विरोधी मानसिकतलाई छर्लङ पारेको बताए । संविधानको रक्षक समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यान्वयनको चरणमा रहेको संघिय लोकतान्त्रीक गणतन्त्रलाई सरंक्षण गर्नुको साटो ओलीसंड मिलेलर निमोठ्ने काम गरेको भन्दै आलोचना गरेका थिए ।

सो अवसरमा शान्ति समाजका केन्द्रीय महासचिव सुशिल बस्नेतले जनादेशलाई लत्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने चेतावनी दिए । सोमबार सिंहदरबार घेर्ने कार्यक्रम रहेको बताउदै ओलीको संकास्पद गतिविधि देखेर नै आफुहरु विगत देखिनै आवाज उठाउँदै आएको बताए । समाजका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सभापति डिल्लीराज धिताल, दलितअधिकारकर्मी देविका नेपाली, पत्रकार गोपाल शर्मा घट्टराई, भिमलाल मरासेनी, हुमाकान्त कँडेल, यज्ञ विक लगाएतले बोलेका थिए ।  विरोध सभामा सहभागीले कुशासनमा ओली सरकार, प्रतिगमणको सबैभन्दा ठूलो मतियार, प्रतिनिधि सभा विघटन, असंवैधानिक, स्वेच्छाचारी एवं अलोक्तान्त्रीक नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।