२०८३ कार्तिक १९ गते बिहिवार

सुकुमबासीको हातमा लालपुर्जा दिन्छौ :पौडेल

दाङ, ४ पुष । पश्चिम दाङको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले अव्यवस्थित तथा सुकुमबासीहरुको हातमा लालपुर्जा पु¥याउने बताएका छन् । बबई गाउपालिका ६ कौशिलापुरमा भएको भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि गरिएको अभिमुखिकरण कार्यक्रममा अध्यक्ष पौडेलले यस्तो बताएका छन् ।

गाउँपालिकाले लालपुर्जा बितरणका लागि स्थानीय गाउँ बस्तीमा कर्मचारी खटिएको अध्यक्ष पौडेलले बताए । कसैको भ्रममा नपरी कर्मचारीले सोधे अनुसारको सूचना गर्न समेत उनले आग्रह गरे । दुई किसिमका फारम रहेको भन्दै कर्मचारीले सोधेका आधारमा फारम भर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले पालिकाले ल्याएको कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । जनतामा उत्साह छाएको भन्दै लालपुर्जा जसरी पनि बितरण गर्ने प्रतिबद्धता उनले जनाईन् । वडा अध्यक्ष रामबहादुर डाङ्गिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका बबई सचिब डिल्लीबहादुर बुढाथोकी, नेपाली काङ्ग्रेसका उपसभापति पिमलाल खत्रीले बोलेका थिए । वडा सदस्य बिनोद वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिब दिलिप केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।