तुलसीपुर, ३ पुस । तुलसीपुर प्रादेशिक अस्पतालमा भर्ना भएका विरामीलाइ आवस्यक परेको रगत कालिकादेवी स्मृति रक्त सञ्चार केन्द्रमा नपाइएपछि बिरामीका आफन्तहरुको रगतकालागी दौडधुप सुरु भयो । बिहीबार दिउसो सो रक्तसन्चार केन्द्रमा विरामीकालागी आवस्यक ओपोजेटिभ एक पोका पनि नभएको अवस्थामा फेसवुकमा रगत मागको स्ट्याटस सहित रक्तसन्चार केन्द्रले पनि रगत अभाव भएको आह्वान गरेपछि शुक्रवार अनकल रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रगतको अभाव टार्न रोटरी क्लव अफ तुलसीपुर र रोट्रयाक क्लव अफ तुलसीपुरले आफ्नो संस्थामा आवद्ध सदस्यहरुलाइ आह्वान गरेपछि कम्तिमा २० जनाले रक्तदान गरेका छन् । अधिकांश ओ पोजेटिभ समुहका पनि रहेका छन् । रक्तसंचार केन्द्रको अनकलमा हामीले आकस्मीक रुपमा शुक्रबारनै रक्तदान कार्यक्रमको आयोजना गरेका हौं’—रोटरी क्लव अफ तुलसीपुरका महासचिव देवेन्द्र केसीले भने ।
रोटरी क्लवले बार्षिक रुपमा दुइपटक नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको भएपनि शुक्रबारको रक्तदान भने आकस्मीक रुपमा तय गरीएको थियो । त्यसो त रोटरीमा आवद्ध रक्तदान गर्न चाहने युवाहरुको रक्तसमुह सहित रक्तसंचारकेन्द्रकै भित्तामा नाम र सम्पर्क नंवर समेत टागिएको छ ।
तर रक्तसंचार केन्द्रले ती व्यक्तिहरुलाइ आवस्यक परेकाबेला बोलाउन झण्झट मान्दै विरामीका अभिभावकहरुलाइ रगत नभएको भन्दै फर्काउने गरेको गुनासो पनि रोटरी आवद्ध युवाहरुले गरेका छन् । महासचिव केसी भन्छन्, ‘विरामीका आफन्तको आग्रहमा हामीले मध्यरातमा समेत आएर रगत दान गर्ने गरेका छौं, ओ पोजेटिभ लगायत जुनसुकै रक्तसमुहका रक्तदाताहरु रोटरीको सम्पर्कमा छन् ।’
रक्तदान जिवनदान भन्ने सामाजिक भावनाकासाथ आफुले जानकारी पाउनासाथ रक्तदान गर्न ब्लड बैंकमा आएको गुरुजजुरु मावि रक्षाचौरकि शिक्षिका विष्णु केसीले बताइन् । रोटरीमा आवद्ध हुनुनै सामाजिक सेवाभाव भएको भन्दै बिरामीका आफन्तले आग्रह गरे आफुले आवस्यक परेकावेला रगत दान गर्न तयार रहेको पनि उनको अभिव्यक्ति थियो ।
कोरोनाको भाइरसको संक्रमणसंगै पछिल्लो समयमा मुलुकभरीनै ओ पोजेटिभ रक्तसमुहको रगत अभाव भएको छ । संक्रमितहरुको उपचारकालागी ओ पोजेटिभ समुहको रगतको प्लाज्माको माग धेरै अस्पतालहरुमा बढेसंगै यो समुहको रगत खोज्न नेपालगन्जबाट समेत बिरामीका आफन्तहरु दाङ सम्म आउने गरेको रोटरी क्लव अफ तुलसीपुरले जनाएको छ । ‘ब्लड बैंकमा जुनसुकै समुहको रगत अभाव भएमा हामीहरु चौविसै घण्टा रक्तदानकालागी तयार छौं,, आवस्यक जानकारीकालागी सवैमा अनुरोध गर्दछौं’, क्लवका अध्यक्ष शुरेश हमालले भने । स्वागत वोर्ड टागियो ।
यसैबीच रोटरी क्लव अफ तुलसीपुर र लायन्स क्लव अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका प्रवेशगर्ने चारवटै नाकामा स्वागत वोर्ड पनि बार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार टांगेको छ । दुइवटा स्वागत वोर्ड रोटरी क्लव अफ तुलसीपुर र दुइवटा वोर्ड लायन्स क्लव दाङले टाँगेका हुन् । त्यस्तै शुक्रवारै रोटरी क्लव अफ तुलसीपुरको बर्ष २०२१/२०२२ को कार्यसमिति समेत गठान गरेको छ । सो कार्यसमितिको नेतृत्व शिव श्रेष्ठले गर्ने बताइएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।