तुलसीपुर, २९ मंसिर। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सन्चालन गरेको १६ दिने प्रहरी अभियानको कार्यक्रम विवरण सार्वजनिक गरेको छ । नोभेम्वर २५ देखी डिसेम्वर १० गते सम्म सन्चालन भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सघाउ पु¥याउने गरी प्रदेश प्रहरी कार्यालयले १२ वटै जिल्लामा विभिन्न कार्यक्रम गरेको थियो ।
प्रदेशभर सन्चालन गरेको अभियान अन्र्तगत उपमहानगर क्षेत्रमा ७२, नगरपालिका क्षेत्रमा ३१३ , गाउँपालिका क्षेत्रमा ३२७ र वडा क्षेत्रमा ७३ वटा गरी ७९७ वटा सचेतना कार्यक्रम गरेको प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । सरकारको निर्णय अनुसार लैंगिक हिंसा विरुद्धको अभियानको अवसर पारी प्रहरीले सामाजिक सचेतना सहितको प्रहरी अभियान सन्चालन गरेको हो । लैंगिक हिंसा अन्यको प्रतिबद्धता, व्यक्ति समाज र सवैको एक्यबद्धता भन्ने मुल नाराका साथ प्रहरीले सचेतना कार्यक्रम गरेको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् ।
प्रदेशका १२ जिल्ला र ५३ वटा प्रहरी ईकाई गरी ६५ वटा प्रहरी युनिटबाट विभिन्न सचेतना मुलक कार्यक्रम गरिएको थियो । उनका अनुसार अभियान अन्र्तगत प्रभातफेरी, अन्र्तक्रिया, बालविवाह रोकथाम सम्वन्धी विद्यालय स्तरमा सचेतना कार्यक्रम, घरेलु हिंसा सम्वन्धी छलफल तथा अन्र्तक्रिया, मानव बेचविखन सम्वन्धी समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम र लैंगिक विभेद तथा लैंगिक समानता सम्वन्धी सचेतना मुलक घरदैलो अभियान लगाएतका विभिन्न कार्यक्रम गरिएको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।