तुलसीपुर, २७ मंसीर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मजदुर तथा श्रमीकहरुको उच्च सम्मान गर्नुपर्ने बताएका छन् । अहिले समाजमा बैचारिक, चिन्तन, संगठनको ठुलो समस्या रहेको बताउदै उनले जसले महल, घर , बाटो, सडक जस्ता निर्माणमा आफनो हात,शरीर, ज्ञान सिप, मेहेनत गरेर महल बनाउँछन् , बिजुली बत्ती बालिदिन्छन् त्यस्ता महान् श्रमीक र मजदुरलाई हेर्ने दृष्टिकोण फरक र विभेद पुर्ण भएको हुदा यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल बिजुली पलम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल)को आयोजनामा आज तुलसीपुरमा भएको नगर स्तरिय भेलालाई सम्वोधन गदै उनले यस्तो बताएका हुन् ।उनले तुलसीपुर उपमहानगरपालिका भित्र निर्माण क्षेत्रमा संलग्न मजदुर, पलम्बर ,वाईरिङ लगाएत अन्य क्षेत्रमा काम गर्ने सम्पुर्ण मजदुरहरुलाई संगठित गरी श्रम सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
सवै श्रमीकलाई एकता बद्ध गरेर तुलसीपुर उपमहानगरपालिकालाई नमुना योग्य बनाउन सकिनेमा उनको जोड थियो । साथै उनले क्युपेक नेपालमा आबद्ध भएका कुनै श्रमीक घाईते , अपाङग र स्वास्थ्य उपचारमा समस्या भएमा उपमहानगरपालिकाले स्वास्थ्य उपचारका लागी २५ हजार रुपैया स्वास्थ्य उपचार कोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्युपेक नेपाल तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष कमल विकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिफन्टका केन्द्रिय बैकल्पिक सदस्य पुर्णचन्द उपाध्ययले टाँठाबाँठाहरु मात्रै संगठित हुने गरेको राज्यबाट पनि उनीहरुले नै लाभ लिने गरेको बताएका छन् । तर गरिव, विपन्न दैनिक ज्याला मजदुरी गरी खाने बर्गहरु संगठित नहुदा सधै पिछडीनु परेको उनको भनाई थियो ।
सोहि अवसरमा बोल्दै क्युपेक नेपाल लुम्बिनी प्रदेश कमिटिका संयोजक पदम बहादुर बुढामगरले आफना माग र अधिकार प्राप्तीका लागी संगठन र समुह बिना कुनै सम्भव नभएको हुदा अब श्रमीक बर्गहरु संगठित हुन जरुरी रहेको बताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा सदस्य अजय बुढाथोकीले मजदुरहरु प्रति आफुहरुले सधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले श्रमीक बर्गहरुलाई संगठित हुन उत्प्रेरित गदै यसमा साथ र सहयोग रहने बताएका छन् ।
तुलसीपुर नगर कमिटिका उपाध्यक्ष तुल बहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी (नेकपा) तुलसीपुर नगर कमिटिका अध्यक्ष खुसीराम चौधरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि कोषाध्यक्ष खिम बहादुर डाँगी, सयुक्त दलित अभियानका संयोजक खेमराज विश्वकर्मा, क्युपेक नेपाल तुलसीपुर ५ वडा कमटिका अध्यक्ष तारा प्रसाद दर्लामी र सामाजिक अभियान्ता यज्ञ बहादुर बढाुमगर लगाएतले बोलेका थिए । कार्यक्रमको विषयबस्तु माथी कमिटिका सचिव टेक बहादुर विकले प्रकास पारेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मण विश्वकर्माले गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।