तुलसीपुर, २६ मंसीर । पछिल्नो समय जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्ये नजर गदै जिल्ला प्रशासन कार्यालय दाङले विभिन्न सचेतना कार्यक्रम सन्चालन गदै आएको छ । विगत तिन हप्तादेखी जिल्लाको बजार तथा शैक्षिक संस्थाहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए÷नभएको बारेमा अनुगमन भईरहेको छ ।कोरोना संक्रमण जोखिम बन्दै जादा नागरिकहरुले झनै लापरवाही गरेको पाईएपछि आफुहरु जिल्लामा सचेतना फैलाउन सडक देखी बिद्यालय स्तर सम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताएका छन् ।
उनका अनुसार जिल्लाका प्रमुख बजार क्षेत्र तुलसीपुर, घोराही र लमहीमा चेकजाँच गदै मास्क खोई अभियान सन्चालन गरिएको हो । प्रत्येक शुक्रवार स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतना फलाउन मास्क खोई अभियान सन्चालन भईरहेको छ । कोरोना माहामारीको जोखिम कायम रहेको अवस्थामा पनि जिल्लामा शैक्षिक संस्थाहरु खुलेका छन् ।तर पछिल्नो समय विद्यालयहरुमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको पाईएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।
नागरिक स्तरबाटै व्यवास्ता हुन थालेपछि बिद्यालय,विद्यार्थी मार्फत अभिभावक सम्म कोरोना सचेतना फैलाउने उद्देश्यका साथ अहिले आफुहरु बिद्यालयहरुमा अन्र्तक्रिया तथा सचेतना कार्यक्रम सन्चालन सुरु गरेको उनको भनाई छ । विद्यार्थीहरु मार्फत अभिभावक सम्म कोरोना सन्देश पु¥याउन सकेमा केहि न्युनीकरण गर्न टेवा पुग्ने अपेक्षा आफुहरुको रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् । उनका अनुसार घोराही र तुलसीपुरका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागितामा अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ ।
यस्तैगरी दंगीशरण गाउँपालिका क्षेत्रमा पनि बिद्यालयहरुको अनुगमन गदै सचेतना कार्यक्रम गरिएको छ । एउटा बिद्यार्थीले अभिभावकलाई भन्यो भने समग्र समाजमा त्यो सन्देश फैलिने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । कोरोना संक्रमणबाट जोगिन बिद्यालयहरुमा कसरी स्वास्थ्य पालना गर्न सकिन्छ भन्ने सवालमा छलफल चलाईएको उनले जानकारी दिएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।