तुलसीपुर, २५ मंसीर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले राज्यले कोरोना माहामारीको समयमा यातायात मजदुरलाई उपेक्षा गरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिको दोस्रो अधिबेसनको उद्घाटन सत्रलाई विहिवार दाङको तुलसीपुरमा सम्वोधन गदै उनले यस्तो बताएका हुन् ।
संकटको समयमा पनि राज्यले यातायात मजदुरहरुको भोको पेट प्रति कुनै वास्ता नगरेको भन्दै उनले पटकपटक आफुहरुले राज्यको ध्यानाकर्षण गराउदा पनि यो कुनै समस्या सम्वोधन हुन नसकेको बताएका थिए ।तर आफुहरुको पहल तथा विभिन्न दाताहरुको सहयोगमा देशभरका २५ हजार यातायात श्रमीकलाई खाद्यन्न वितरण गरेको उनको भनाई थियो । साथै उनले नेपालमा सडक दुर्घटना भयानक हुने गरेको बताएका छन् । विभिन्न कारणले हुने सवारी सडक दुर्घटनाबाट प्रत्येक दिन ७÷८ जना र बार्षिक २८ सय जनाको अकालमै ज्यान जाने गरेको एक तथ्याङक सार्वजनिक गरेका छन् ।
तुलसीपुर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले यसरी बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्नका लागी आफुहरुले देशव्यापी रुपमा सडक सुरक्षा अभियान २०२१ सन्चालन गर्न लागीएको बताएका छन् । गत वर्ष पनि म जिम्मेवार यातायात मजदुर भन्ने अभियान सन्चालन गरी बार्षिक ४८ हजार चालक सहचालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी प्रशिक्षण तथा तालिम दिने लक्ष्य भएता पनि कोरोनाले प्रभावित भएको हुदा यस वर्ष फेरी सन्चालन गर्न लागीएको बताए थिए । सो अवसरमा बोल्दै संगठनका केन्द्रिय उपाध्यक्ष ध्यान बहादुर राईले देशव्यापी रुपमा आफुहरु मजदुरहरुको हकहितको लागी आवाज उठाउदै आएको बताएका थिए ।
यस्तैगरी महासचिव नवराज घिमिरेले यातायात मजदुरहरुको अक अधिकार लागी राज्यले उपयुक्त निति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । यातायात मजदुरहरुलाई आर्थिक राजनितिक रुपमा स्थापित गर्ने आफुहरुको चाहाना भएको उनको भनाई थियो । नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमालले यातायात मजदुर र व्यवसायी एक जुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै उनले यातायात क्षेत्रमा बर्गिाय समानुपातिक प्रणाली लागु गर्नुपर्ने बताएका थिए ।
सो अवसरमा संगठनका लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष कृष्ण कडेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवार,संगठनका श्रम सम्वन्ध विभागका सदस्य चुडा बहादुर विक, राप्ती यातायाता सेवा प्रालिका अध्यक्ष विनोद शर्मा, नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाल,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्मा लगाएतले बोलेका थिए । कमिटिका उपाध्यक्ष कालि प्रसाद योगी क्षेत्रको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए ।
सो अवसरमा संगठनले विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई सम्मान गरेको छ । यातायात मजदुरहरुको सन्चारको क्षेत्रबाट महत्वपुर्ण सहयोग गरेको भन्दै रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, संगठनको तुलसीपुर कमिटिका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्मा, रिपोटस् क्लव दाङका अध्यक्ष शरद रेग्मी र तुलसीपुर अनलाईनका सम्पादक दिपक बोहोरालाई सम्मान पत्रले सम्मान गरिएको छ । यस्तैगरी कोरोना माहामारीको समयमा यातायात मजदुरहरुलाई खाद्यन्न वितरणका लागी सहयोग गर्ने र संगठनको दोस्रो तलाको भवन निर्माणका आर्थिक सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।