‘अब मुद्दा नहेरौं । मविरुद्ध संसद्मा महाअभियोग दर्ता भयो रे ।’

तुलसीपुर, २५ मंसीर । ‘सम्माननीय ज्यू ! हजुरविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ । पत्र आएको छ, के गर्ने ?’  मेरो सचिवालयका उपसचिव अर्जुन कोइरला बेन्चमै आई बिस्तारै कानमा फुसफुसाए । कोइरालाको कुरा सुनेर म छक्क परे । हाँसो पनि लाग्यो ।

बहस चलिरहेकै थियो । वकिलहरु आ–आफना पक्षमा तार्किक बहस गरिरहनुभएको थियो । न्यायाधीश विश्वम्भर श्रेष्ठ र म बेन्चमा थियौ । कोइरालाजीको कुरा सुन्नासाथ आँखा नाडीको घडीमा गए । अपरान्हको सवा चार बज्दै थियो । मैले विश्म्भरजीतिर फर्कदै भने ,‘अब मुद्दा नहेरौं । मविरुद्ध संसद्मा महाअभियोग दर्ता भयो रे ।’
उहाँ अवाक् हुनभयो । बहस स्थगित गर्दै हामी साढे चारमा उठ्यौं ।
२०७४ बैशाख १७ गते आइतबार

बिहान ८ बजेतिर बातरुम छिरेकी थिएँ । फेनमा दुर्गाजी कसैसँग बोलको बाथरुमबाटै टड्कारै सुने । उहाँको कुनरा गराइबाटै अनुमान गरे, शेरबहादुर देउवाजीको फोन हो यो । बातरुमाबाट निस्केपछि दुर्गाजीलाई सोधे, ‘शेरबहादुरजीको फोन हो ? कसलाई के भन्न फोन गर्नुभएको ?’

उहाँले भन्नुभयो ‘ याी शेरबहादुरजीलाई क–कसले केके नाहिने कुरा सुनाउँदा रहेछन् । तिमीले अपहेलाना मुद्दामा उनलार्य जेल हाद्यै छौ रे भन्दै हुनुहुन्थ्यो ।’ त्यो सुनेर म हाँसे । जवाफ दिनुपर्ने त केही थिएन । तयार भइवरी अदालततिर हिडें । अदालत पुग्दा सवा १० बजेको थियो ।

एकै छिनमा न्यायाधीश विश्वम्भर श्रेष्ठ आउनुभयो । सुडान घोटला मुद्दाको सङ्क्षिप्त फैसला टाइप भइसेको थियो । त्यसमा हस्ताक्ष्र गर्नु थियो । आवश्यक ठाउँमा सच्याएर हामीले हस्ताक्ष्र ग¥यौं । चिया खाई साढे ११ बजेमात्र हामी बेन्चमा बस्यौं । शुरुमा तेह्रथुमको एउटा बैङ्कले घरजग्गा लिलाम गरेको मुद्दा हे¥यौं ।

घरजग्गा लिलाम हुँदा कम मूलयमा भएको र लिलाम प्रक्रियामा केही त्रुटि भएको ह्ँदा हामीले लिलाम बदर हुने गरी सो मुद्दा फैसला ग¥यौं । दोस्रो मुद्दा पोखरा फेवातालसँग सम्बन्धित थियो । फेवाताल छेउका जग्ग जनतासँग अधिग्रहण गर्दा कम मूलयमा पार्क बनाउने भनी लिएको तर मनकामना केवल कारलाई ९९ सय बर्ष लिजमा लिएर रेष्टुरेन्ट, स्विमिङ पुल बनाउन लागेको भनी मुद्दा परेको थियो ।

स्थानीय जनताले सर्वाजनिक सरोकारको मुद्दा हालेका थिए । जुन उद्देश्यले जग्गा अधिग्रहण गरिएको थियो, त्यो उद्देश्यविपरित प्रयोग गरी सरकारले व्यापार गर्ने काम गरेको भनि दायर गरेको सार्वजनिक महत्वको सो मुद्दा पनि निकै पुरानो भइसकेको थियो । त्यसमा अर्को विवाद थियो, फेवातालको साविकको क्षेत्रफल मिची पानीभित्रको जग्गा पनि व्यक्तिका नाउँमा रहेको होटलको नाममा दर्ता भएको ।

फेवातालको साविकको जग्गा जति छ, त्यो फेवातालकै नाममा कायम होस, भन्ने मुद्दाको विषय थियो । सो मुद्दामा भूमाफियाको चलखेल भएको भन्ने सुनिएको थियो । स्थानीयवासीको चासो रहेको सो मुद्दामा हामीले त्यस दिन बहस सुन्यौ र चियाका निम्ति उठ्यौं ।

दिउँसो साढे २ बजे पुनः बेन्चमा फक्यौं । वरिष्ठ अधिवक्ता सुशील पन्त हामी बसेको फुल बेन्च इजलासमा भित्र–बाहिर गरिरहेका थिए । उनी छिनमै अलप हुन्थे, छिनमै देखा पर्थे । उही चाल र गतिमा उन भित्र–बाहिर मात्र गरिरहेका थिए । उनको बेचैन चालढालले उनी केही कुराको प्रतीक्षा गरिरहेका छन् भन्ने प्रतीत हुन्थ्यो के–कति कारणले त्यसो गरेका हुन् बेन्चबाट सोध्न पनि मिलेन ।

उनी एकपटक पनि कुर्सीमा बसेनन् उभिए मात्रै । चियापाछिको समयमा वरिष्ठ अधिवक्ता हरिहर दहाल पनि इजलाशमा बसीरहेका देखिए । बेन्चतर्फ उनको हेराई अजिवको थियो यता बहस जारी थियो । हामीले कापीमा टिपिरहेथ्यौं । त्यही बेला अर्जुन कोइराला संसद्मा महाअभियोग दर्ता भएको खबर सुनाउन आइपुगे । क्रमश…….

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया