तुलसीपुर २२ मंसिर । पुर्व सामाजिक परिचालक तुलसा पुन बेरोजगार भएर घर बस्न थालेको अढाई बर्ष भन्दा बढि समय भयो ।उनले विगत चार वर्ष देखी साविक स्थानिय शासन तथा सामाजिक विकास कार्यक्रम अन्र्तगत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मा सामाजिक परिचालकको काम गदै आएकी थिईन् ।तत्कालिन तुलसीपुर नगरपालिका वडा नम्वर ७ को सामाजिक परिचालकको रुपमा उनले २०७२ साल बैशाख देखी जागिरको सुरुवात गरिन् । सामाजिक परिचालक हुदा सम्म काम पाएकी उनलाई घरखर्च चलाउन पनि सहज भएको थियो ।तर संघिय संरचना अनुसार स्थानिय निर्वाचन २०७४ पछि उनको पेशा धरापमा प¥यो ।
उनी जस्तै अर्का पुर्व सामाजिक परिचालक हुन हुमा विक । उनी पनि बेरोजगार भएर घरमै बस्न थालेको अढाई बर्ष भयो । उनले गैरसरकारी संस्था स्टार मार्फत सुरुमा आर्थिक वर्ष ०६७÷६८ देखी साविक तुलसीपुर नगरपालिका वडा नम्वर १ मा सामाजिक परिचालकको रुपमा काम गदै आएकी थिईन् ।सामाजिक परिचालकको रुपमा काम गदै जिविकोपार्जन गदै आएकी उनको संघिय संरचना अनुसार स्थानिय निर्वाचन २०७४ पछि सामाजिक परिचालक पेशा धरापमा प¥यो ।यस्तैगरी अर्का पुर्व सामाजिक परिचालक तुलसा डाँगी पनि अहिले बेरोजगार भएर घरमै बसेकी छिन् ।
विगतमा सामाजिक परिचालकको रुपमा काम गदै आएकी उनी २०७५ साल देखी बेरोजगार भएर घरमा बस्नु परेको छ । उनीहरु एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन् । देशमा संघियता आईसकेपछि उनीहरु जस्तै सयौ सामाजिक परिचालकको जागिर गुमेको छ ।एल.जिसिडिपि कार्यक्रम मार्फत सामाजिक परिचालकको रुपमा बषौँ देखी काम गदै आएका अधिकांस सामाजिक परिचालकहरुको पेशा संघियता पछि गुमेको छ ।एल.जिसिडिपि कार्यक्रम तत्कालिन समयमा गाउँ विकास समिति अर्थात गाविसमा लागु भएको थियो ।त्यसपछि नगरपालिका क्षेत्रमा पनि यो कार्यक्रम लागु भएको हो ।साविक गाविसको हकमा एक जना सामाजिक परिचालक राखीएको थियो भने नगरपालिकाको हकमा सम्भव त प्रत्येक वडामा सामाजिक परिचालक राखीएको थियो ।
तत्कालिन सामाजिक परिचालक हक हित संरक्षण मन्चका केन्द्रिय महासचिव देविराम कुसारीका अनुसार तत्कालिन समयमा दाङमा ६१ जना सामाजिक परिचालक परिचालित थिए । ती मध्ये अहिले १५ देखी २० जनाले मात्रै पुन रोजगारी पाएको आकलन गरिएको छ । तुलसीपुरमा रोजगारी को को ले पाए ? तुलसीपुर उपमहानगरपालिकामा १९ जना सामाजिक परिचालकहरु मध्ये कति जनाले रोजगारी पाए र कति जना सामाजिक परिचालकहरुले रोजगारी गुमाए भन्ने एकिङ विवरण छैन । तर तुलसीपुर खवरडटलाई प्राप्त विवरण अनुसार तुलसीपुरमा ७ जना सामाजिक परिचालकले रोजगारी पाएका छन् । जसमा पुर्व सामाजिक परिचालक धर्मराज वलीलाई नगरप्रमुखको स्वकिय सचिवमा परिचालित गरिएको छ । यस्तै उपमहानगरपालिकाले सामाजिक परिचालक मध्येकै नामीमैया वली, लिला गौतम, शोभा गौतम र गायात्री पोख्रेललाई पनि कर्मचारीका रुपमा परिचालित गरेको छ ।
यस्तैगरी तुलसीपुर ११ को वडा कार्यालयले सामाजिक परिचालक लक्ष्मी चौधरीलाई कर्मचारीको रुपमा परिचालन गरेको छ भने वडा नम्वर १६ को वडा कार्यालयल मार्फत सामाजिक परिचालक शालिकराम मुसाफिरले वडा कार्यालयमा काम गदै आएका छन् ।रोजगारी गुमाएका पुर्व सामाजिक परिचालकहरुको अहिले सम्म कुनै सोधखोज नभएको उनीहरु बताउँछन् । संघियता आईसकेपछि पुर्व सामाजिक परिचालकहरुको रोजगारी गुमेपछि संघियता प्रति वितृष्णा बढेको रोजगारी गुमाएका सामाजिक परिचालकहरुको भनाई छ । उनीहरुले उपमहानगरपालिकाले पुर्व सामाजिक परिचालकहरु मध्ये कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लगाएका छन् । २०७५ देखी रोजगारी गुम्यो स्थानिय निर्वाचन २०७४ पछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सामाजिक परिचालन तथा गैरसरकारी समन्वय शाखाले देशभरका स्थानिय तहलाई पत्राचार गदै २०७४ पौष १७ गतेदेखी सामाजिक परिचालक राख्न नसकिने व्यहोरा सुचित गरेको थियो । त्यसपछि देशभरका सामाजिक परिचालकहरुले सरकारलाई दबाव दिन थालेपछि मन्त्रालयले २०७४ चैतमा पुन पत्राचार गदै चैत १६ गतेदेखी लागु हुने गरी २०७५ असार मसान्त सम्म सामाजिक परिचालकहरुलाई निरन्तरता दिने भनेको थियो ।
मन्त्रालयले २०७५ साउन देखी सामाजिक परिचालकको हकमा आबश्यकता अनुसार स्थानिय पालिकाले राख्न सक्ने बाटो खुला गदै यस बारेमा मन्त्रालयले कुनै जवाफदेहीता नहुने बताएको थियो । मन्त्रालयको यो परिपत्र संगै अधिकांस सामाजिक परिचालकहरुले रोजगारी गुमाउन पुगेका हुन् । जिविकोपार्जन गर्न समस्या भयो रोजगारी गुमाएर घरमै बसेका पुर्व सामाजिक परिचालकहरुले जिविकोपार्जन गर्न कठिन भएको बताउने गरेका छन् । दुई चार पैसा कमाउन रोजगारी गदै आएका उनीहरु रोजगारी गुमेपछि समस्या परेको उनीहरुले बताएका छन् । विगत ६÷७ बर्ष देखी निरन्तर सामाजिक परिचालकका रुपमा आफुलाई व्यस्त बनाएका उनीहरु अहिले नत लोक सेवा पढेर राम्रो जागिर खाने अवस्थामा छन् नत आर्थिक लगानी गरेर कुनै व्यापार व्यवसाय गर्न सक्ने अवस्थामा छन् ।
लामो समय सम्म सामाजिक क्षेत्रमा तल्लिन भएका उनीहरु अहिले भविस्य प्रति पश्चाताप गदै घरमै बस्न बाध्य छन् । तत्कालिन सामाजिक परिचालक हक हित संरक्षण मन्चका केन्द्रिय महासचिव कुसारीले समाजिक परिचालकको काम गरेर जिविकोपार्जन गदै आएका कतिपय सामाजिक परिचालकहरुको अवस्था दयनिय भएको बताएका छन् ।
रोजगारीलाई गुमाउदा पिडा हुनुको साथै आर्थिक गरिवीले झनै समस्या बनाएको उनको भनाई छ । यो समयमा नत अरु कुनै काम गर्न सकिने अवस्था छ नत लगानी गर्ने पैसा पुर्व सामाजिक परिचालकहरु संग छ उनले भने दुई चार पैसाले दैनिकी गुजार्दै आएका उनीहरुलाई झनै समस्या परेको छ ।तत्कालिन समयमा सामाजिक सशक्तिकरण र सामाजिक रुपान्तरणको माध्यमवाट आम नागरिकलाई सुसुचित पार्ने काम सामाजिक परिचालकहरुले गदै आएका थिए ।लामो समय देखी सामाजिक परिचालकको काम गदै आएका उनीहरु अहिले बेरोजगार मात्रै भएका छैनन् भविस्य नै अन्यौलमा परेको बताउँछन् । सरकारको रोजगारी नारामै सिमित सरकारले एक घर एक रोजगारको अवधारणा ल्याएको छ । बेरोजगार युवायुवतीहरुको क्षमता र सिप अनुसार रोजगारी दिने अवधारणालाई अघि सारेको बषौँ समय भएको छ । तर रोजगारीबाट बेरोजगार भएका पुर्व सामाजिक परिचालकहरुले रोजगारी पाउन सकेका छैनन् ।जनप्रतिनिधि आउनु भन्दा अघि तीनै सामाजिक परिचालकहरुले जनताको गाउँ घरमा पुगेर समाजिक शसक्तिकरणको अभियान सन्चालन गदै आएका थिए ।
समाज रुपान्तरणमा उनीहरुको महत्वपुर्ण भुमिका रहेको थियो ।विभिन्न खाले निर्वाचन देखी नागरिकलाई सुसुचित पार्ने र समाजिक शक्तिकरणको सन्देश फैलाउनेमा उनीहरुको महत्वपुर्ण योगदान रहेको छ । तर उनीहरुको क्षमता र योगदानको मुल्याङकन हुन नसकेको उनीहरुको गुनासो छ । राजनितिक आस्था र पहुँचको आधारमा कतिपय पुर्व सामाजिक परिचालकलाई रोजगारी प्रदान गरिएको उनीहरुको आरोप छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।