खबरीनाका, ६ मंसिर / दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरीनाका निवासी चन्द्रबहादुर बुढलाई गतवर्ष वर्षायामको समयमा गराइच सर्पले डस्यो । सर्पले डसेपछि बुढाको स्वास्थ्य अवस्था निकै गम्भीर भयो । शरिरमा निलो डाम बस्यो । समयमै उपचार गराउ नेपाल तर्फ लैजाने बाटो छैन ।
स्थानीय गाउँलेहरूको सहायतामा डोकामा बोकी बुढालाई करिब दुईघण्टा पैदल हिडेर वनकोबाटो हुदै उपचारको लागि भारतको तुलसिपुर लगियो । तुलसिपुरमा पनि बुढाले राम्रोसँग उपचार नपाएपछि भारतको बलरामपुरमा लगिएको हो । तुलसिपुरमा सर्पले डसेको औषधी नभएको कारण बुढालाइ थप उपचारको लागि भारतको बलरामपुर लगिएको हो । यो त खबरीनाका निवासी बुढाको एउटा उदाहरण मात्रै हो । यस्ता सर्पको टोकाइबाट प्रत्येक वर्ष कैयौं नाकाबासीले समयमा उपचार नपाउदा अनिकालमा ज्यान गुमाउनु परेको छ । ‘चार घण्टामा उपचार हुने बेला चार दिन उपचारको लागि भारत बस्नुप¥यो । थोरै पैसामा उपचार हुनेमा धेरै पैसा खर्च गरेर सर्पले डसेको उपचार गराउने बाध्यता खेप्नुपरेको, गढवा गाउँपालिका वडा नम्बर ८ खबरीनाका निवासी चन्द्रबहादुर बुढाले बताउनुभयो । ‘उपचारको लागि नेपाल जाने बाटो नभए कै कारण सामान्य उपचारको लागि भारत जानुपर्ने बाध्यता हामी नाकाबासीको हो ।
विरामीको अवस्था हेरेर उपचार गर्नुपर्ने बाध्यता नाकाबासीलाइ रहेको छ, बुढाले भन्नुभयो । शहर बजारमा जस्तै छिटो छरितो उपचार कहिले पाउँछौं हामि नाकाबासीले, उहाँले प्रश्न गर्नुभयो,–। ‘खबरी नाका देखि कोइलाबास ८ किलोमिटर रहेको छ । नयाँ ट्र¥याक खोलेको बाटो छ । हिउँदमा बाटो राम्रो हुन्छ वर्षायामको झरिले बाटो चिरा चिरा पार्छ । गतिलो बाटो नहुदा स्वास्थ्य उपचार लगायत अन्य आधाभुरत सेवा लिन बञ्चित परेको छाँै ।’
आफ्नै भुमि नेपाल जाने गतिलो बाटो नहुदा भारतको तुलसिपुर र बालापुर स्वास्थ्य उपचार गर्ने जान्छौ । बालापुर सम्म पैदल यात्रा गरेर निजि अस्पतालमा केही स्वास्थ्य सेवा लिन्छौं र थप उपचारको लागि तुलसिपुर जाने बाध्यता छ, बुढाले भन्नुभयो,–। ‘विस्तारै हिन्न सक्ने वा विरामीको अवस्था हेरेर गढवा र लमही उपचारको लागि जान्छौं नत्र सामान्य उपचारको लागी भारतनै हो जाने । सामान्य विरामीले उपचार पाउन पनि तीन सम्म कुरेर लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । त्सपछि बल्ल घर फर्किने हो ।’
यता गतवर्षको वडाको दशलाख बजेटमा कोइलाबास देखि खबरीनाका जोड्ने सडकमा कच्बे, ड्राइवाल, बाटो कटिङ गरिएको हो । उक्त सडकको बाटोको डि.पि.आर गर्ने तयारी भइरहेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘नाकामा बाटो विस्तारको लागि दिर्घकालिन योजना बनाएका छौँ । हामिले गाउँपालिका, प्रदेश र संघिय सरकारलाई यस क्षेत्रको बाटो विस्तार गर्ने पटकपटक ध्यानाकर्षण गराएका छौँ ।’ यसवर्ष थप बाटो मर्मतको लागि वडाबाट दुईलाख बजेट विनियोजित वडध्यक्ष सिद्दिकसले बताउनुभयो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।