२०८३ असार ३० गते मङ्गलवार

राप्ती शान्ती उद्यानको बुद्धको मुर्ति मुख्यमन्त्रीद्धारा उद्घाटन गरिने

तुलसीपुर २८ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल तुलसीपुर आउने भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ राप्ती शान्ती उद्यानमा रहेको बुद्धको मुर्ति उदघाटनलागि मुख्यमन्त्री पोख्रेल तुलसीपुर आउन लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

शुक्रवार काठमाडौमा मुख्यमन्त्री पोख्रेलसँगको भेट पश्चात कार्यक्रमको तय भएको पनि नगरप्रमुख पाण्डेले जानकारी दिए ।निर्माण भएको लामो समय भइ सक्दा पनि कोरोना महामारीका कारण मुर्तिको उदघाटन हुन सकेको थिएन । राप्ती शान्ती उद्यान व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष डिल्ली भण्डारीका अनुसार आईतवार दिउँसो १ वजे मुर्तिको उद्घाटन हुनेछ ।

लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको समपुरक वजेटबाट २४ लाख १६ हजारमा मुर्ति निर्माण गरिएको थियो । प्रदेश राजधानी दाङ्गको भालुवाङ्ग घोषणा भएपछि मुख्यमन्त्री पोख्रेलको यो पहिलो औपचारिक कार्यक्रम हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया