तुलसीपुर, ३१ जेठ ।
नेपाली कांग्रेसले दाङमा मेयर उपमेयरको टुङ्गो लगाएको छ । कांग्रेस केन्द्रिय कार्यालयमा विहान बसेको बैठकले दुई उपमहानगरापालिका र एक नगरपालिकामा मेयर उपमेयरको टुङ्गो लगाएको कांगे्रस महाधीवेसन प्रतिनीधी तेजबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार तुलसीपुरमा गेहेन्द्र गिरी मेयर, देवकी नेपाली उपमेयर, घोराहीमा भुपबहादुर डाँगी मेयर, पुष्पा श्रेष्ठ उपमेयर र लमहीमा जोगराज चौंधरीले मेयरको उम्मेदवारी पाउनु भएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, खुमबहादुदुर खड्का, सशांक कोइराला लगाएका नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७४ जेष्ठ ३१ गते बुधवार