दाङमा कृषकहरुका लागी अभियानमुखी मिसन कार्यक्रम

आलु खेती देखी बगर प्रर्वद्धन सम्म

तुलसीपुर १७ कात्तिक ।कृषि ज्ञान केन्द्र घोराहीले चालु आर्थिक वर्ष २०७७÷०७८ मा दाङका कृषकहरुका लागी थुप्रै विभिन्न किसिमका कृषि कार्यक्रमहरु रहेको जानकारी दिएको छ । यस वर्ष जिल्लामा अभियानमुखी मिसन कार्यक्रम अन्र्तगत आलु मिसन कार्यक्रम, लसुन प्याज मिसन कार्यक्रम, मकै मिसन कार्यक्रम र रोड कोरिडोर लक्षित मिसन कार्यक्रम रहेको केन्द्रका कार्यालय प्रमुख सन्देश धितालले जानकारी दिएका छन् ।

त्यस्तैगरी विगत दुई वर्ष देखी सन्चालन हुदै आएको स्मार्ट कृषि गाउँ कार्यक्रम पनि रहेको छ । जसमा अहिले दुई वटा स्मार्ट कृषि गाउँ कार्यक्रम थप्ने योजना रहेको कार्यालय प्रमुख धितालले जानकारी दिएका छन् । उनका अनुसार यो वर्ष कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम समेत रहेको छ ।

यस अन्र्तगत विभिन्न कार्यक्रम रहेका छन् । जसमा माहुरी सम्बन्धी कार्यक्रम, महिला लक्षित व्यावसायिक कृषि उत्पादन कार्यक्रम, दलहन तथा तेलहन बाली विकास कार्यक्रम , बगर खेती प्रर्वद्धन कार्यक्रम ,चक्लाबन्दी कार्यक्रम लगाएत विउ बैंक संग सम्वन्धित कार्यक्रमहरु रहेको उनले जानकारी दिएका छन् ।

बार्षिक कार्यक्रमको बारे जानकारी दिदै उनले विशेषगरी यीनै कार्यक्रम जिल्लामा यो वर्ष सन्चालन हुने भएका छन् । उनका अनुसार अधिकांस कार्यक्रमहरु जिल्लाभर सन्चालन हुने छन् भने केहि कार्यक्रम सिमित क्षेत्र र लक्षित वर्गका लागी मात्रै हुनेछन् ।जस्तै रोड कोरीडोर लक्षित मिसन कार्यक्रम घोराही होलेरी मार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम भनेर घोराही होलेरी जाने मार्गको आसपासको क्षेत्रमा मात्रै तरकारी खेती प्रर्वद्धन गरिने भएको छ ।

यस्तै मिसन कार्यक्रम अन्र्तगत आलु मिसन कार्यक्रम यस पटक जिल्लाभर लागु हुनेछ भने मकै मिसन कार्यक्रमको लागी क्षेत्र तोक्न बाँकी रहेको कार्यालय प्रमुख धितालले जानकारी दिएका छन् ।यस्ता कार्यक्रमहरु कृषक सम्म पुगोस् भन्नका लागी विभिन्न समयमा आफुहरुले सार्वजनिक सुचना प्रकाशित गदै आएको उनले बताएका छन् ।

प्रत्येक कार्यक्रम अनुसार मापदण्ड हुने भएकाले सोहि आधारमा कृषक तथा कृषि फर्म, समुह,कम्पनी, सहकारी संस्थाले निवेदन दिन सकिने प्रावधान रहेको कार्यालय प्रमुख धितालले जानकारी दिएका छन् । कार्यक्रम सम्वन्धी सुचना लिनका लागी विभिन्न माध्यमहरु भएको बताउदै उनले कार्यालयबाट जारी हुने सार्वजनिक सुचनाहरु सम्वन्धित स्थानिय तहमा पठाउने र स्थानिय तह मार्फत वडा कार्यालय सम्म सुचना पु¥याउने, विभिन्न कृषि सहकारी संग सम्पर्क गर्ने , कार्यालयको ववसाईट तथा सन्चार माध्यम मार्फत पनि प्रकाशन र प्रशारण गदै आएको बताएका छन् ।

सिजन अनुसार कार्यक्रम सन्चालन गर्न फरकफरक मितिमा आफुहरुले सुचना प्रकाशित गर्ने भन्दै सुचना प्रकाशित भईसकेपछि सम्वन्धित कृषक सम्म सुचना पुगोस भन्नका लागी वडा कार्यालय सम्म सुचना टाँस गर्ने उनले बताएका छन् ।यस्ता किसीमका कार्यक्रमहरु बास्तविक किसानहरुले नपाएको भन्ने गुनासो आउन नदिनका लागी प्रचारप्रसार समेत भईरहने भएकाले किसानहरुले पनि चासो देखाउनु पर्ने उनको सझुाव छ । साथै कृषक तथा कृषि फर्म सन्चालकहरुले सम्वन्धित स्थानिय तहको वडा कार्यालय, कृषि ज्ञान केन्द्र कार्यालयमा बेलाबेलामा सम्पर्क राख्नु पर्ने उनले बताएका छन् ।

कृषि ज्ञान केन्द्रमा १६ करोड बढि बजेट
कृषि ज्ञान केन्द्र घोराहीमा चालु आर्थिक वर्षका लागी झन्डै १६ करोड बजेट रहेको छ । केन्द्रका प्रमुख धितालका अनुसार यो वर्ष केन्द्रमा १५ करोड ८८ लाख बजेट रहेको छ । जसमा कृषि संग सम्वन्धित विभिन्न कार्यक्रम सन्चालन गर्ने देखी कार्यालयको सामान्य खर्चमा उक्त बजेट खर्च गरिनेछ ।
यो वर्ष बजेट फ्रिज हुन दिदैनौ : धिताल
कार्यालयले यो वर्ष सकेसम्म बजेट फ्रिज हुन नदिने बताएको छ । गत वर्ष झन्डै पचास प्रतिशत बजेट खर्च हुन नसकेकोमा यस वर्ष सतप्रतिशत बजेटलाई खर्च गर्ने गरी तयारी गरेको केन्द्रका प्रमुख धितालले बताएका छन् ।बजेट फ्रिज गराउने मनसाय नहुदा नहुदै पनि काम गर्ने शिलसिलामा सतप्रतिशत बजेट खर्च गर्न कठिन हुने गरेको उनले बताएका छन् । गत वर्ष बजेट खर्च गर्ने प्रयास गरेता पनि कोरोना माहामारीले गर्दा पनि सोचे अनुसार बजेट खर्च हुन नसकेको उनको भनाई छ । गत वर्ष कुल बजेटको ५६ प्रतिशत मात्रै खर्च भएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया