कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघ्यो

काठमाडौ, १३ कात्तिक । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको विहिवार जानकारी दिएको हो ।

मन्त्रालयको वेबसाइट अनुसार थप १७ को मृत्यु भएको छ । बुधवार ११ जनाको मृत्यु भएको थियो । यस्तैगरी विहिवार थप २ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमितको संख्या १ लाख ६४ हजार ७ १८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया