२०८३ कार्तिक ११ गते बुधवार

दाङमा अभियान मुखी आलु मिसन कार्यक्रमको लागी निवेदन माग

तुलसीपुर, १२ कात्तिक । कृषि ज्ञान केन्द्र घोराही दाङले जिल्लामा अभियान मुखी आलु मिसन कार्यक्रमका लागी ईच्छुक कृषि र्फम तथा कृषकहरुबाट निवेदन माग गरेको छ । केन्द्रले २१ दिने सार्वजनिक सुचना जारी गदै आलु खेती खायन तथा विउँ उत्पादनका लागी ईच्छुक कृषक, फर्म, सहकारी, कम्पनी, जल उपभोक्ता समिति, प्रसोधनकर्ता र सित भण्डारण सन्चालकहरुलाई यहि कात्तिक २४ गते सम्म निवेदन दिन अनुरोध गरेको छ ।

उक्त खेतीका लागी केन्द्रले मापदण्ड समेत बनाएको छ । जसमा एक कृषकले कम्तिमा तिन कठ्ठा आलु खेती गरी एक कलष्टरमा ५ हेक्टरमा खेती गरेको हुनुपर्ने, जिल्लाको जुनसुकै क्षेत्र भएपनि हुने ,एकल वा सयुक्त , अनुदान प्रति हेक्टर एक लाख रुपैया तोकिएको छ । यो कार्यक्रम पाउनका लागी निवेदकले एउटा निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, फर्म, कम्पनी वा सहकारी संस्था भएमा दर्ता प्रमाण पत्रको प्रतिलिपि , सम्वन्धित स्थानिय तहको सिफारिस लगाएतका कागजपत्र पेश गर्नुपर्ने प्रावधान रहेको केन्द्रले बताएको छ ।

साथै विस्तृत विवरणका लागी कार्यालयको ववसाईट मार्फत रोड कोरीडोर ÷राजमार्ग लक्षित तथा मिसन(आलु र मकै बाली)कार्यक्रम सन्चालन कार्यविधि २०७७ डाउनलोड गरी प्राप्त गर्न सकिने केन्द्रले जनाएको छ । केन्द्रले निवेदन माग गदै गएको कात्तिक ४ गते सार्वजनिक सुचना जारी गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।