तुलसीपुरमा मंंगोलले कालो दिनका रुपमा मनायो दसैं

तुलसीपुर, १० कार्तिक / मंगोल नेश्नल अर्गनाईजेसन जिल्ला सभा दाङले तुलसीपुर–८ बटवलपुरमा दसैंलाई कालो दिनका रुपमा मनाएको छ । आजको दिन पुर्खाहरु काटिएको र नासीएको दिन भएकाले यसलाई कालो टिका लगाएर दसैं बहिष्कार गरेको मंगोल नेश्नल अर्गनाईजेसन जिल्ला सभा दाङका सचिव पृतम चौधरीले जानकारी दिए ।

दसैंलाई सम्पूर्ण नेपालीहरुको महान पर्व भन्न नमिल्ने भन्दै हिन्दुरुको मात्रै दसैं भनेर परिभाषीत गर्न उनिहरुले माग गरे । पुर्खाहरुको रगतले मुछिएको टिका आफुहरुले नमाउने भन्दै अहिन्दु मुलबासी मंगोलले यस दिनलाई कालो दिनका रुपमा मनाउनु पर्ने बताए ।

जिल्ला सभा दाङका वैकल्पिक सदस्य सुशील चौधरीको अध्यक्षता तथा मंगोल नेश्नल अर्गनाईजेसन प्रदेश सदस्य दिपा चौधरीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा प्रदेश सदस्य घनश्याम चौधरी, जिल्ला सदस्य जितन चौधरी, पहलमान आले, वसन्त पुनमगर लगाएले बोलेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया