२०८२ पुष १ गते मङ्गलवार

दंगीशरणका किसानलाई समयमै गहुँको विउँ वितरण

कात्तिक ,२दंगीशरण । दंगीशरण गाउपालिकाको कृषि शाखाले आईतबार किसानहरुलाई गहुँको विउँ वितरण गरेको छ । आईतवार एक कार्यक्रमका बिच शाखाले २०७७\७८ को विनियोजीत वजेटको ५० प्रतिशत अनुदानमा गहुँको बिउँ वितरण गरेको हो । गाउँपालिकाको १, २, ३, ४, ५ र ७ न. वडाका ८० वटा कृषक समूह , सहकारी सस्ंथालाई गहुँको विउँ वितरण गरीएको कृषि शाखा प्रमुख सरु भुषालले जानकारी दिएका छन् ।

गौतम, भृकुटि, एलएल ९७१ र बान गंगा नामक जम्मा ५६ सय के.जी. गहुँको विउँ वितरण गरिएको शाखाले जनाएको छ । वडा न. ६ ले वडा बाटै विउँ वितरण गर्ने भएकाले वडा न. ६ बासीहरुलाई भोली सोमबार कृषकहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न कृषि शाखाले आग्रह गरेका छ ।

दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्का, लेखा प्रमुख सोमराज डांगीको उपस्थिीतीमा गहुँको विउँ वितरण गरेको हो । सो अवसरमा कृषि शाखाका प्राविधिक सहायक मानबहादुर डांगी, योगमाया कवँर लगाएतको उपस्थिती रहेको थियो । यस बर्ष कृषि शाखाले समयमै गहुँको बिउँ पाएको भन्दै किसानहरु भने खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया