गाउँपालिका क्षेत्रका मठमन्दिरमा पुजापाठ गर्न रोक लगाईयो

दाङ, १ कात्तिक । दाङको बंगलाचुली गाउँपालिकाले विजया दशमी २०७७ को अवसरमा गाउँपालिकाका क्षेत्रका मठमन्दिरमा हुने पूजापाठलाई पूर्णरुपमा रोक लगाउने भएको छ । कोभिड १९ भाईरसको बढ्दो संक्रमणबाट बच्नका लागि गाउँपालिकाको ८ वटै वडामा रहेका मठमन्दिर तथा शक्तिपिठहरुमा पूजापाठजन्य कार्यलाई रोक लगाउन निर्देशन गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताएका छन् ।

नेपाल सरकार स्वाथ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पूजापाठ जन्य गतिविधि नगर्न तथा नगराउन सबै वडा अध्यक्षलाई निर्देशन गरिएको अध्यक्ष वलीले बताए । अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुली गाउँपालिकाको कुनै पनि धार्मीक स्थलहरुमा बोका,राँगा,परेवा चढाउनका लागि बाहिरबाट कोही पनि नआईदिन अपिल गरेका छन् । अध्यक्ष वलीले कोरोना भाईरसले जताततै आक्रान्त पारेको हुँदा मन्दिरहरुमा पूजापाठ गर्न आउने भक्तजनहरुलाई कोरोना संक्रमणको उच्चजोखिम रहेको भन्दै सबैजना सजग र सचेत हुन सुझाव दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया