फाइल फोटो
दाङ,१२ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका– १७ रत्न उद्यान नजिकै बन्दै गरेको तालमा डूबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १७ मंगरी निवासी करिब १९ वर्षका नवराज बिक रहेको १८ का वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।
‘दिउसो ५ जना युवाहरु पौडी खेल्न गए । पहिला चार जना तालमा पसेर पौडी खेल्न थाले । नवराज बाहिर बसे, पछि उनि पनि पौडी खेल्न तालमा पसे । पौडी खेल्न नजान्दा डूबे । साथीहरुले निकाल्न प्रयास गरे तर सकेनन् ।’ एक सुरक्षा अधिकारीले बताए ।
प्रहरीलाई घटनाको जानकारी साढे २ बजे भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसी होम बहादुर पराजुलीको नेतृत्वमा प्रहरी टोलि घटना स्थल पुगेको थियो । मृतक नवराजको शव प्रहरी, विपत व्यवस्थापन टोली र स्थानीयको सहयोगमा निकालिएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार





