दाङ, १८ बैशाख । श्रम संस्कृति पाटीका अध्यक्ष हर्कराज साङपाङ-हर्क)ले आफुलाई जिताएको भए धनी पुर्जा दिने बताउनु भएको छ । उहाले सामाजिक संजाल फेसबुकमा लेख्दै बालेनलाई जिताएर बेघर र बेहाल बनाएको टिप्पनी गर्नुभएको छ । माटो बोक्ने मान्छे रुखो बोल्छ – झुटो बोल्दैन ) पछुतो गरेर केही हुँदैन -मलाई जिताको भए धनीपूर्जा दिन्थें )बालेनलाई जिताए बेघर र बेहाल बनायो,, भन्दै उहाले फेसबुक मार्फत अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ ।
बालेन्द्र शाह-बालेन) नेतृत्वको सरकार गठन पछि सरकारले अतिक्रमण गरी बनाईएका सुकुमबासी बस्तीहरुमा डोजर लगाएर खाली गर्ने अभिभयान सुरु गरेको छ । सोहि अनुरुप सरकारले केहि दिन अघि काठमाडौ क्षेत्रका विभिन्न स्थानमा बसेका सुकुमबासीहरुको बस्तीमा कठोर हुदै डोजर लगाएर अतिक्रमण हटाएको थियो । यस्तै सरकारले पछिल्नो समयमा देशव्यापी रुपमा उक्त अभियानलाई तिव्रता दिदै अघि बढाएको छ ।



















