जनयुद्द सहकारीको साधारणसभा स्थगित

तुलसीपुर, २३ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित जनयुद्ध स्मृति सहकारी संस्थाको सञ्चालक समितिको पाँचौं पूर्ण बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको असामयिक निधनप्रति दुःख ब्यक्त गरेको छ । शुक्रबार बसेको बैठकले शोकाकूल परिवारजनप्रति गहिरो समवेदन प्रकट गरेको छ ।

परिपक्क प्रतिनिधि न्यौपानेलाई तुलसीपुर उपमहानगरपालिकाले गुमाउँदा अतुलनीय क्षति ब्यहोर्नु परेको जनाएको छ । बैठकले कोरोना महामारी अनियन्त्रित भएको हुँदा यही २४ गते हुने भनिएको संस्थाको ११ औं वार्षिक साधारणसभा अर्को निर्णय नहुँदासम्मकालागि स्थगित गर्ने निर्णय गरेको प्रबक्ता दीपक बोहराले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

साथै बैठकले संस्थाको उपसचिब पदमा जानका खड्का(विन्दु) लाई र प्रबक्ता पदमा दिपक बोहरालाई मनोनित गरेको छ । विजप्तिमा भनिएको छ‘कोरोना महामारी सामान्य नभई जटिल भएको र यसबाट हतोसाहित नभएर सावधानी पूर्वक सामाजिक दुरि कायम गर्न र सरसफाईमा अत्यन्तै ध्यान दिन सम्पूर्ण समुदायमा बैठकले’ अपिल गरेको छ । संस्थाका अध्यक्ष आजाद खड्काको अध्यक्षतामा बसेको बैठकको सहजीकरण सचिब दिपशिखा जीएमले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया